सिन्धुपाल्चोकको जिल्ला सभा सम्पन्न

चौतारा ।

जिल्ला समन्वय समन्वय समिति सिन्धुपाल्चोकले चौथो जिल्ला सभा सम्पन्न गरेको छ । 

विविध प्राबिधिक कारणले समयमा नै सम्पन्न हुन नसकेको जिल्ला सभा नेकपा अनुशासन आयोगका संयोजक अमृत कुमार बोहोराका प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 


बुधबार सम्पन्न जिल्ला सभामा केहि  स्थानीयका प्रमुख बाहेक अन्यको उपस्थिति रहेको थियो । 

जिल्ला सभामा जिल्लामा कोरोना रोकथाम, नियन्त्रण र जनचेतना प्रवाहमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले पत्रकार सहित ८ जनालाई सम्मान गरेको छ ।

चौथो जिल्ला सभाको अवसरमा कोरोना रोकथाम र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दिनेश थापासहित विभिन्न ८ संघ संस्था र व्यक्ति सम्मानित भएका हुन् ।

त्यस्तै स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चपागाई, उत्कृष्ट स्वास्थयकर्मीको तर्फबाट मेलम्ची प्राथमिक स्वास्थ्य चौकीका इञ्चार्ज डाक्टर विनोद केसी, कोभिड संक्रमणका बिचमा पनि विरामीलाई स्वास्थ्य संस्थांसम्म लैजान एम्बुलेन्स चालक समिर ठकुरीलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

साथै उत्कृष्ट क्वारेन्टाइन मेलम्ची, उत्कृष्ट कार्य गर्ने गैरसरकारी संस्था मध्येबाट ग्रामिण महिला सिर्जनशिल परिवार, विदेशबाट आउनेलाई घरसम्म लैजान भुमिका निर्वाह गर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका मदन गुरुङलाई पनि नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

यसैगरी जिल्लाका १२ स्थानीय तहमध्ये उत्कृष्ट समन्वय र सहकार्य गर्ने लिसंखुपाखर गाउँपालिकालाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।