प्रजातन्त्र दिवसमा ईन्द्रावतिमा सरसफाई कार्यक्रम


रूपक पुरी

राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को अबसर पारेर ईन्द्रावति गाउँपालिकाले बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।


सरसफाई कार्यक्रम नवलपुर बजारक्षेत्र आसपासमा गरिएको थियो । सरसफाई कार्यक्रममा गाउपालिकाका जनप्रतिनिधि , कर्मचारी , सँघसँस्था र स्थानियले सहभागिता जनाएका थिए ।


सरसफाइ कार्यक्रम पछि भएको कोणसभामा बोल्दै गाउपालिकाको उपप्रमुख मिरा अधिकारी लामाले सरसफाईमा स्थानिय आफै  सक्रिय भएर नलागे अभियान सफल नहुने बताउदै यसका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्द्ता समेत जनाउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौड्याल , प्रशासन शाखाका प्रमुख राजुभाई श्रेष्ठले सरसफाई कार्यक्रमको औचित्यवारे प्रष्ट पार्नुभएको थियो ।

, , , ,