नेपाली काँग्रेसका पुर्ब साँसद गंगादत्तको निधन काँग्रेसद्धारा शोक ब्यक्त


नेपाली काँग्रेसका पुर्ब साँसद गंगादत्तको निधन भएको छ उँहाको निधनमा नेपाली  काँग्रेसद्धारा शोक ब्यक्त गरिएको छ ।


नेपाली काँग्रेस राष्टीय सभाका प्रमुख सचेतक अनिता देबकोटा ले बिज्ञेप्ती जारी गर्दै शोक ब्यक्त गरेको जनाउँनु भएको हो । उँहाद्धारा २८गते जारी बिज्ञेप्तीमा पूर्व सांसद एवं नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति तथा नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गंगादत्त जोशीको कञ्चनपुरको महेन्द्रनगरमा आज ८५ वर्षको उमेरमा भएको दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको छ । वि.स. २०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएका स्व. जोशीले नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । नेपाली राजनीतिमा उहाँ शालिन एवं भद्र व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली कांग्रेस पार्टीको संगठन, विस्तार तथा सुदृढिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका स्व. जोशी सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँको निधनले पार्टी र सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ । नेता जोशीको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।  बिज्ञेप्ती भनीएको छ ।


, ,