बंशलालद्धारा गणकलाइ ट्याव वितरण असार भित्र परिचय पत्र बितरण गरिसक्ने


लोकप्रिय समाचार

सिन्धुपाल्चोक सजिल्लाको इन्द्रावती गाँउपालीकाका अध्यक्ष बशंलाल तामाङ्गले आगामी आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने गरि काम गर्न गणकहरुलाइ निर्देशन दिनु भएको छ ।


अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेसँगै  इन्द्रावति गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले ७ जना गणक तथा १ जना सुपरिवेक्षकलाई तथ्याङ्क संकलन गर्नका लागि आवश्यक पर्ने ट्याव वितरण गर्नुभएको हो ।

सोअबशरमा अध्यक्ष तामाङले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पग्ने बताउँदै सुभकामना दिनुभयो । सो कार्यक्रमले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने गाउँपालिकाका विश्वास रहेको समृत बताउँनु भएको पालीकाका प्रेससल्लाहकार दिनेश चौलागाइले  जानकारिदिनुभएको  छ । उँहाका अनुसार जिल्ला समन्वय समिति ले ईन्द्रावति गाउँपालिका , मेलम्ची नगरपालिका,  पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका गणक तथा सुपरिवेक्षकलाइ प्रशि प्रशिक्षण दिन लागेको समेत बताउँनु भयो । 



, , , , ,