मेलम्चीमा गाईले एकै वेतमा जन्मायो बाछा र वाछी


रूपक पुरी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं.( ९ ज्यामिरेमा एउटा गाईले एकै बेतमा जुम्ल्याहा बाछा–बाछी जन्माएको छ । 


उजेली कार्कीले  पालेको गाईले एकै बेतमा बाछा–बाछी पाएको हो । गाई–भैंसीले एक पटकमा प्रायः एउटा मात्र सन्तान पाउने गर्छन् । उक्त गाईले बिहिबार बिहान जुम्ल्याहा बाछा(बाछी जन्माएको हो । गाई धनी उजेली कार्कीका अनुसार गाईसहित दुबै बाछा–बाछीको स्वास्थ्य अवस्था राम्रो छ । उहाँका अनुसार जुम्ल्याहा बाछाबाछी हेर्न स्थानियको भिड लागिरहेको छ ।

, , , , ,