सामाजिक परिचालक र घुम्ती डकर्मीको सहयोगमा , जोखिम वर्गको घर धमाधम बन्दै


रूपक पुरी

जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन सिन्धुपाल्चोकबाट खटिएका प्राविधिक, सामाजिक परिचालक र घुम्ति डकर्मीको सक्रियतामा जोखिम बर्गको घर धमाधम बनिरहेका छन् ।


अपाङ्, एकल महिला, जेष्ठ एकल नागरिक र आमाबुवाविहिन बालबालिकाको घर धमाधम बनिरहेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ गुन्साकी एकल जेष्ठ महिला विपी तामाङनीको ढुङ्गा , माटोको घर बनेपछि उहाँ खुसि हुनुभएको छ । भुकम्पले घर भत्किएपछि छोरी ज्वाईको घरमा आश्रय लियर बस्नुभएको उहाँ अहिले आफ्नै घरमा बस्न पाउनुभएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका बासखर्कका दृष्टि विहिन बेसराज तामाङको घर पनि प्राविधिक , सामाजिक परिचालक र घुम्ती डकर्मीको सहयोगमा धमाधम घर निर्माण भईरहेको सामाजिक परिचालक बुद्ध कुमार श्रेष्ठले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । यी त उदाहरण पात्र मात्रै हुन् । प्राविधिक , सामाजिक परिचालक र घुम्ती डकर्मीको सहकार्यमा गुन्सा र लागर्चेमा एकरएक , वाँसखर्कमा तिनवटा गरि पाँचवटा जोखिम बर्गको घर निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनका फोकल ईन्जिनियर कृष्ण ज्ञवालिले बताउनुभयो । ज्ञवालीका अनुसार सिन्धुपाल्चोकका अन्य स्थानिय तहमा खटिएका प्राविधिक , सामाजिक परिचालक र घुम्ती डकर्मीको सक्रियतामा घर बनाउन नसकेका जोखिम वर्गको घर पहिचान गरि पुननिर्माण अन्तिम चरणमा पुगेको छ ।


, , , , ,