भुमी सम्बन्धि आयोग सिन्धुपाल्चोकका पदाधिकारीहरु द्वारा पदभार शुरु


भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्ला तहमा कार्यालय स्थपना गर्दै   औपचारीक रुपमा काम सुरु गरेको छ । 


बुधबार  जिल्ला सदरमुकाम चौतारामा एक समारोहका बिच कार्यालय स्थापना गर्दै जिल्ला भुमि  समस्या समाधान आयोगले काम सुरु गरेको हो ।

बुधबार जिल्ला सम्मन्वय समितिको सभाहलमा एक कार्यक्रमका बिच कार्य  सुरु गरिएको हो । जिल्ला सम्मन्वय समितिको कार्यलबाटै सबै काम गर्ने र  कर्मचारी पनि सम्मन्वय  समिति कै परिचालन हुने र स्थानीय गाँउपालीकाहरुले नै यसको ब्यबस्थापन गर्ने गरी कार्यको सुभारम्भ गरिएको  सो अबशरमा जानजकारी दिइएको थियो  ।

पदभार सम्हाल्नु अघी जिल्ला सम्मन्वय समितिको सभाहलमा भएको  कार्यक्रममा भुमी सम्बन्धि  समस्या समधान आयोग  का अध्यक्ष  बालकृष्ण देउजा ले भुमी सम्बन्धि धेरै समस्या छ यो समस्या समाधान गर्नका लागि  यो समिति गठन भएको र यसले तत्काल भुमीबिहन नागिरकलाइ भुमीको ब्यबस्था गर्ने र  आफ्ना नाममा जग्गा जमिन नभएको  लामो समय देखि सार्बजनिक जग्गामा बसोबास  गरेका हरु को लागि पनि यस समितिले आबश्यक ब्यबस्थापन गर्ने आयोगको मुख्य काम रहेको  बताउँनु भयो ।

कार्यालय  शुभारम्भ तथा पदभार ग्रहण गर्दै पहिलो चरणमा  भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको यकिन विवरण संकलन गरि  उनीहरुको व्यवस्थापनका लागी काम थालिने जिल्ला भुमि समस्या समाधान आयोगका अध्यक्ष देउजाले बताउनुभयो । ‘पहिलो चरणमा दलित भूमिहीनका समस्या समाधान हुनेछ’, देउजाले भन्नुभयो, । कार्यक्रममा बागमती प्रदेससभा सदस्य शरेस नेपालले जमिनमा जनताको स्वामित्व  कायम हुनुपर्ने भन्दै  केपी ओली नेतृत्वको बर्तमान सरकारले  भुमिहिन र सुकुम्बासीका समस्या समाधानमा ठूलो पहलकदमी लिएको बताउनुभयो ।नीतिगत रुपमा महत्वपूर्ण निर्णय र पहल भएका छन्, जिल्ला जिल्लामा भुमि समस्या समाधान आयोगको नियुक्ती गर्दै सरकारले काम थालिसकेको छ, प्रदेश सांसद नेपालले भन्नुभयो ।  भूकम्प पछिको पूनःनिर्माणमा घडेरी समेत नभएकालाई दुई लाख अनुदान सहित घडेरी ब्यवस्थापन गरेको र बाढी पहिरोबाट विस्थापितहरुलाई आवास निर्माणमा पाँच लाख पहिलो किस्ता प्रदान गर्ने निर्णय गरिसकेकोले भूमी सम्वन्धी समस्या समाधानमा केही सहजता रहेको  नेपालले सो अबशरमा जानकारि दिनुभयो । , जस सँग जमीन धेरै छ त्यो मानीस ठुलो र जमीन नहुने साना हुँदै गएको परिस्थतीमा  बिगत केही बर्ष देखी उत्पादन मुलक काममा पनि असहज भएको भन्दै   जमीनदारले जमीन मात्र थुपार्ने त्यसबाट उत्पादन हुने काममा नलगाउँने कारण ले उत्पादन नभएको बताउँनु भयो। उँहाले  जमिन थुपारेको   कारण उत्पादन पनि भएन गरिबी पनि हटेन बिगतका  बर्षहरुमा नेपलबाट धान बाहिर  जाने गरेको अबस्थामा रहेको नेपालमा पछिल्लो अबस्थामा बाहिरबाट धान खरिद गरेर नेपाल ल्याउने गरेको तरकारी तथा  फलफुल बाहिर बाट ल्याउने काम भयको छ भन्नु भयो । यसलाइ रोक्न पनि भुमि आयोगको महत्व  रहेको नेपालले बताउँनु भयो  । उँहाले सिन्धुपाल्चोकमा बढि सुकुम्बासि भनेको बाढिपिडतहरु हुन भन्दै उहाहरुलाइ ब्यबस्थित  गर्न सके  सुकुम्बासि समस्याको हल गर्न केही सहज हुने सिन्धुपाल्चोकमा सुकुम्बासिको समधान गर्न सकियन  भने काठमाण्डौमा समस्या समधान गर्न  सहज  नहुने बताउँनु भयो ।  नेपालले  भुमि समस्या समधान गर्न मात्र होईन हरेक काम गर्नका लागि सम्बिधानमा लेखिएको कामलाइ समेत कार्यन्वयन गर्न बिभन्न गुट उपगुटले समस्या पारेको मा चिन्ता ब्यक्त गर्नू भयो । सकेसम्म सिन्धुपाल्चोकलाइ  सुकुम्बासी  समस्या  मुक्त   जिल्ला  घोषणा गरेर भुमि समस्या समधानका लागि लाग्न पर्दछ भन्दै लोकतन्त्र आयो गणतन्त्र आयो तर सिन्धुपाल्चोकका केही नागरिकले अझै पनि लालपुर्जा पाएका छैनन् भन्नु हुदै  नेपालले जग्गाको बिबादका कारण हुने गरेको झगडा कम गर्न पनी जग्गाको  समधान गर्न आबश्यक रहेको बताउँनु भयो ।

कार्यक्रममा पुर्ब मानिय  कृष्ण राज श्रेष्ठ ले सिन्धुपाल्चोक  जिल्लाकोभुमि समस्या समधान गर्न सबै लागि पर्नु  पर्छ , सिन्धुपाल्चोकको हरेक गाँउठाउ मा धैरै गुठि छन केही जग्गाहरु सरकारमा  दर्ता   भएका छैनन यसरी दर्ता नभएको गुठि हरुले सम्म आाफ्ना नाममा जग्गा  राखेको छ।  पुर्ब राजा महेन्द्र ले तोकेको हद बन्दिका कारण चौतारामा रहनु भएका जमिनदारहरुले टाईगर नामको कुकुरको नाममा समेत जग्गा राखेर हद बन्दी कायम गरेको थियो त्यस्तो नहोस भन्दै बास्तिवकतामा रहेर काम गर्न  आग्रह गर्नु भयो ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ले  भुमि सम्बन्धि विभिन्न समस्या हरु रहेको छ । यो समस्या समधान गर्न का लागि  सरकारले ७७वटै जिल्लामा  समिति गठन भएको छ । यो समितिलाई सबैले सहयोग गरेर  नीति र कानुन भित्र रहेर  सबै भुमिहिनलाइ भुमिको ब्यबस्था गरी बिपदका कारणले भुमि समस्यामा परेको नागरिकको  समस्या समधान गर्नका लागि यो समितिले काम गर्ने  यसलाइ सबै क्षेत्रबाट सहयोग उपलब्ध हुने बिश्वास ब्यक्त गर्नु भयो

। जिल्ला सम्मन्वय समितिका उप प्रमुख बालकुमारि सापकोटाले  निर्बाचन भएको तिन बर्ष बिती सक्दा समेत   यस्ता आयोगहरु बन्न नसक्दा जनता निरास भएको अबस्थामा यो आयोग बनेको छ । बताउँदै  सिन्धुपाल्चोकमा रहेका यस्ता समस्याको समाधान छिटै निर्मूल पार्ने बताउनुभयौ । यसका लागी सबैले आ–आफ्ना ठाउबाट सहयोग गर्नका लागी अपिल गर्नुभयो । जिल्लाममा रहेको हरेक नागरिकले आफ्नो नाउमा रहेको जग्गाहरु खेति मग्न बनाउनको लागी प्रत्यक नागरिकको दायित्व रहेको भन्दैे यसलाइ सदुपयोग गर्न सबै सँग अनुरोध गर्नु भयो । कार्यक्रममा मालपोत अधिकृत चण्डी प्रसाद कोइरालाले  भुमी हीन दलीतलाइ पहीलो प्रथमिकतामा राखेरकाम गर्न सरकारले निर्देशन गरेको बताउँनु भयो ।जिल्ला सम्मन्वय समितीका शाखा अधिकृत शङ्कर प्रसाद भुषालले सञ्चालन गर्नु भएको थियो । नेपाल सरकाको माघ १५ को निर्णय अनुसार  भुमि समस्या समाधान आयोग गठन भई  सिन्धुपाल्चोक जिल्लाको अध्यक्षमा बालकृष्ण देउजा , सदस्यहरुमा सम्भु सापकोटा र भगवती  अधिकारीको नियुक्ति हुनु भएको  थियो । नियुक्ति हुनुभएका ब्यक्तित्बहरु लाई बधाई दिदै  जिल्ला बासिको वर्षौ देखिको भुमिसमस्याको समाधान हुने अपेक्षा सहभागीहरुले राखेका छन । 


, , , , ,