अदालतकोफैसलाले संगठन गर्ने अवसर मिलेको छ ः शेरबहादुर तामाङ


 


काठमाडौं । नेकपाका केन्द्रीय सदस्य पुर्ब मन्त्री शेरबहादुर तामाङ्गले सम्मानीत अदालतको फैशलाले आफूहरुलाइ पाटीको सङ्गठन बलीयो बनाउने  अबशर मिलेकोबताउँनु भएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षमा रहनु भएका तामाङ्ग केही दिन अगाडी मात्र प्रचण्ड –नेपाल को नेकपा छाडेर केपी ओली पक्षमा लाग्नु भएको  नेकपा नेता एवम् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सर्वोच्चको फैसलाले आफूहरुलाई अब दुई वर्ष पार्टी अझ बलियो बनाउने अवसर मिलेको बताउँनु भएको हो ।


उँहालेउक्त कुरा ओलीपक्षीय युवासंघको बैठकलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै युवा संघका पूर्वउपाध्यक्ष समेत रहनुभएका तामाङले ‘यसको ठीक उल्टो फैसला आएको भए शायद आज उहाँहरूले आगो बालिरहनुभएको हुन्थ्यो होला  । तर, हामी संयमित छौं र दुई वर्ष संगठन गर्ने अवसर पाएका छौं ।’  भन्नुभयो उँहाले अदालत र संवैधानिक निकायका निर्णयले राजनीतिक पार्टी नबन्ने भन्दै विचारका आधारमा अघि बढ्ने बताउँनुभयो ।े अझै पनि केपी ओली प्रथम अध्यक्ष भएकाले ओलीले बोलाएको बैठकमा प्रचण्ड–माधव पक्ष सहभागी हुनु  भएमा पार्टी एकता हुनसक्ने स्पष्ट पार्नु भयो  ।आफू अवसर र पदका लागि ओली पक्षमा नलागेको र अदालतको फैसलाबाट निराश हुनुपर्ने अवस्था नभएको बताउँनु भएको छ  । भेलालाई सम्बोधन गर्दै अर्का नेता महेश बस्नेतले खेल भर्खर शुरू भएकोले अझै नेकपा विभाजनलाई रोक्न सकिने बताउँदै अदालतको फैसलालाइ सबैले सम्मान पुर्बक मान्न पर्ने बताउँनु भयो ।

 


,