बलेफी गाँउपालीका द्धारा पिडीतलाइ रकम दिन माग


सिन्धु पाल्चोक जिल्लाको बलेफी गाँउपालीका को पहलमा जुरे पहीरो का पिडीतका नाममा जम्मा भएर सरकारी ढुकुटीमा रहेको पैसा तत्काल पिडीतलाइ दिन माग गरेको छ ।


पीडितहरुको लागि भन्दै निजि क्षेत्रबाट २ करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैंया जम्मा भएको थियो । उक्त रकम जिल्ला दैविप्रकोप हुँदै गृहमन्त्रालयमा पुगेर सरकारी ढुकुटमिा राखीएको छ । २०७१ सालमा गएको जुरे  पहिरोको कारण १४५को ज्यान गएको थियो भने १३० घर विस्थापित भएका थिए ।

२०७५ मा जुरे पहिरो पीडितको लागि रकम फुकुवा गर्न गृहमन्त्रालयले सिन्धुपाल्चोक जिल्लालाइ समेत परिपत्र नै गरेको थियो । तर दुईवर्ष पुगिसक्दा समेत पीडितले रकम पाएका छैनन् । पीडितलाई वितरण गर्न सरकारले चासो नदेखाउँदा गृहमन्त्रालयले आलटाल गरेको भन्दै बेलेफी गाउँपालिकाको नेतृत्वमा शनीबार  माईतिघर मण्डालामा पीडितहरु लाइ जम्मा गराएर साङ्केतिक आन्दोलनको शुरु गरिएको हो ।

यसै क्रममा अध्यक्ष केदार क्षेत्री जुरे पहिरो पीडितले माईतीघर मण्डलामा शनीबार नाराबाजी गर्दै पीडितको नाममा उठेको रकम पीडितलाई दिन आलटाल गरेमा सिन्धुपाल्चोक जिल्लाभरीका जनता ल्याएर सिंहदरबार र बालुवाटार घर्ने चेतावनी दिंदै क्षेत्रीले बलेफी गाउँपालिकाको नेतृत्वमा धर्ना बस्ने बता उँनु भयो । उँहाले  पीडित जनताको आवजलाई तीन हप्ता भित्र समाधान भएन भने अप्रिय संघर्षको कार्यक्रम गरिने समेत चेतावनी दिनु भयो । धर्ना कार्यक्रममा बागमती प्रदेसका  माननीय पुर्ब मन्त्री अरुण नेपाल नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा लगाएत नेताहरु समेतको  उपस्थिति रहेका थियो  ।                   


, , , ,