उद्योग बाणिज्य संघ चौताराको भवन उद्धघाटन


नेत्र बहादुर बस्नेत, सिन्धुपाल्चोक चौतारा शाखा को भवन एक समारोहका बिच उद्धघाटन भएको छ । (शनिबार) नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले शाखाको नव निर्मित भवनको उद्घाटन गरपछी आफ्नै भवनबाट काम समेत शुरु भएको छ  ।


चौतारा शाखाको भवन उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले एकै व्यवसाय सञ्चालन गर्न पनि विभिन्न ठाँउमा दर्ता गरेर फरकफरक शुल्क बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफुहरुले सरकार सँग पहल गरि रहेको बताउँनु भयो । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले  सिन्धुपाल्चोक उद्योग वाणीज्य संघले अब देखी काभ्रेको धुलिखेलबाट समेत सेवा दिने भएको जानकारी सो अबशरमा दिनु भएको छ ।

जिल्लाका व्यवसायीले धुलीखेलस्थित आन्तरीक राजश्व कार्यालयमा सेवा लिनुपर्ने भएको र सेवा लिन समस्या भएकाले ब्यबसायीकोसमस्या लाइ ध्यानमा राखेर संघले धुलीखेलबाट समेत सेवा दिन लागेको सो अबशरमा जानकारी दिइएको हो ।

भवन उद्घाटन समारोहमा संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले राजश्व तिर्न धुलिखेल पुग्ने जिल्लाका व्यवसायीहरुले धेरै झण्झट बेहोर्नुपरेको गुनासो आएपछि संघले कर्मचारी सहित आवश्यक उपकरण राखेर सेवा दिने तयारी गरेको  बताउँनु भयोे ।

उँहाले  यसरी सेवा दिन थालेपछी  जिल्लाका व्यवसायी त्यहाँका व्यापारीबाट ठगीनबाट बच्ने संघका अध्यक्ष श्रेष्ठले बताउँनु भयो ।उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो । संघका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, रामकाजी पौडेल, सुब्बा सुनारलाई कार्यक्रममा सम्मान गरिएको होे ।

नव निर्मीत शाखाको भवन चौतारास्थित वनदेवी मन्दिर सँगै रहेको छ  ।

सम्मान कार्यक्रम पछी आफुहरुलाइ सम्मान गरेकोमा संघ प्रती खुशी ब्यक्त गर्दै योसबैकोसाझा सस्था भएको ले सबैले सहयोग गर्नपर्ने सुब्बा सुनारले बताउँनु भयो ।


, , , , ,