आदर्श सञ्चार सहकारीको अर्ध वार्षिक समिक्षा २०८० सम्म गण्डकी प्रदेशकै उत्कृष्ट सञ्चारगृह बनाइने

 

बागलुङ, १६ फागुन

  सूचना र सञ्चारसंगै वित्तीय कारोबार गर्दै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको अर्धवार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी छलफल कार्यक्रम शनिवार सम्पन्न भएको छ ।


  संस्थाका संञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ को अर्धवार्षिक अवस्था र आगामी योजनाका बारेमा छलफल भएको थियो ।


  २०८० सालसम्म गण्डकी प्रदेशको उत्कृष्ट सहकारी संस्था तथा सवल सञ्चारगृहका रुपमा स्थापित गर्ने रणनीतिक योजनाका साथ अगाडि बढेको संस्थाले लक्ष्य अनुसार नै प्रगति गर्दै गएको सो अवसरमा जानकारी गराइएको थियो ।


  कोरोना संक्रमणका कारण गत आर्थिक वर्षको अन्तिम र चालु आर्थिक वर्षको शुरुमा केही समस्या भए पनि संस्थाले १० वर्षे रणनीतिक योजना अनुसार नै वार्षिक रुपमा प्रगति गरेको र यस आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार नै काम गर्न सफल भएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।


  संस्थाको रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड ८५ लाख शेयर पूँजि, ४० करोड वचत, ३८ करोड कर्जा लगानी र ५० करोड कुल सम्पत्ती पु¥याउने लक्ष्य लिएकोमा हाल २ हजार ५ सय जना शेयर सदस्य, ३३ करोड शेयर पूँजि, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको छ । संस्थाको रणनीतिक योजना अनुसार २०८० सालको असार मसान्तसम्ममा संस्थालाई गण्डकी प्रदेशको उत्कृष्ट सञ्चारगृहका रुपमा स्थापित गर्ने, ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर पूँजि, ८० करोड वचत, ७५ करोड कर्जा लगानी र १ अर्बको कुल सम्पत्ती पु¥याउने लक्ष्य रहेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।


 

  सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा संस्थाको योजना र लक्ष्य पुरा गर्नका लागि सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरुको भूमिका प्रभावकारी हुनु पर्ने र त्यसका लागि शिक्षा, तालिम, समिक्षा, अन्तरक्रिया तथा छलफल कार्यक्रम निरन्तर आवश्यक रहेको जिसीको भनाइ छ ।     

अर्धवार्षिक समिक्षाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ 

(नेफ्स्कुन) का सञ्चालक कमला गिरीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि नीति, विधि र प्रविधिको प्रयोगसंगै कर्मचारी र सञ्चालकहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो । सञ्चालक र कर्मचारीले आफ्नो जिम्मेवारी सदैब बोध गर्न सकेमा मात्रै सहकारीहरुल्े लक्ष्य अनुसार प्रगति गर्न सक्ने भएकाले उनीहरुको क्षमता विकासका लागि संस्थाको योजना आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा सिजना महिला बचत तथा ऋण सहकारी संस्था पोखराका अध्यक्ष पवित्रा के.सी, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

  कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाको वित्तीय लगायत समसामयिक अवस्था, र रणनीतिक योजना अनुसार यस आर्थिक वर्षका लक्ष्य तथा प्रगति र गर्नु पर्ने कामका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

  कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु)को अध्यक्षता, सल्लाहकार रुद्र महतको स्वागत तथा प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमासम्पन्न भएको थियो । 


, , , ,