सिन्धुपाल्चोक शाखा सहीत पत्रकारहरु सम्मानीत

 


 



प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हितमा योगदान गरे बपत नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक सम्मानित भएको छ ।


नेपाल पत्रकार महासंघको २६ औ महाअधिवेशनको अबशर मा सिन्धुपाल्चोक शाखा सहीत  दुई पत्रकार समेत  सम्मानित हुनु भएको छ  । पत्रकार महासंघ केन्द्रले  दूइ महीला पत्रकार लाइ सम्मान गरे पछी जिल्लामा महीला पत्रकार हरु प्रती सम्मान भएकोमा खुशी छाएको छ । यसरी सम्मानीत हुनेहरुमा कमला पाख्रीन र सिर्जना बराल रहनु   भएको छ ।  

नेपाल पत्रकार महासंघको काठमाडौमा भएको महाधिवेशनमा पत्रकारद्वय कमला पाख्रिन र सिर्जना बराम सम्मानित हुनुभएको हो । कान्तिपुर टेलिभिजनमा कार्यरत प्रेस युनियन सिन्धुपाल्चोकजिल्ला शाखाको सचिव समेत रहनु भएको कमला पाख्रिनले लैगिंक समानता पुरस्कार २०७७ बाट सम्मानीत हुनु भएको  हो । यसै गरि हिमालय टेलिभिजनमा कार्यरत नेपाल  पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाकी सदस्य सिर्जना बराम विपत पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो। 


, , , , , ,