गाईले एकै वेतमा तीन बाच्छी जन्माएको छ

रूपक पुरी÷ पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्वर ७ भोटेनाम्लाङमा  गाईले एकै वेतमा तीन बाच्छी जन्माएको छ । किसान हेम बिक्रम सिलवाल तथा बल कुमारी सिलवालको गाइले एकै पटकमा ३ वटा बाच्छी जन्माएको हो । हाल माऊको अवस्था सामान्य रहेको र दाना पानी भने मन लगाएर नखाएको पशु प्राविधिक माईसिङ थोकरले जानकारी दिनुभयो । थोकरका अनुसार गाईको पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको पशु सेवा शाखा द्वारा उपचार भईरहेको छ ।

, ,