प्रजिअ ढकाल सुनसरी सिन्धुमा पोख्रेल

 

प्रजिअ ढकाल सुनसरी  सिन्धुमा पोख्रेल

नेपाल सरकार गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी  सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार  सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल  सहीत को सरुवा भएको हो ।





सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी ढकाललाइ जिल्ला प्रशासन कार्यलय सुनसरीमा सरुवा गरिएको छ भने गृह मन्त्रालयबाट अरुण पोख्रेललाइ सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी मा सरुवा गरिएको छ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ ।े गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ ।मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाग्लुङ्का सुरेश न्यौपानेलाई  सिन्धुली सरुवा गरिएको छ । गोरखाबाट तीर्थराज भट्टराईलाई महोत्तरीमा सिन्धुपाल्चोकबाट उमेशकुमार ढकाललाई प्रजिअ सुनसरीमा पठाइएको छ भने सुनसरीका प्रजिअ फिणिन्द्रमणि पोखरेललाई सप्तरी पठाइएको छ । कास्कीका ज्ञानप्रसाद ढकाललाई धादिङ, इलामका तुलसीराम सेढाईलाई  उदयपुर, सल्यानका प्रजिअ हेमराज तामाङलाई अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ । उदयपुरका प्रजिअ चक्रपाणि पाण्डेलाई कपिलबस्तु पठाइएको छ ।  दैलेखका सन्तबहादुर सुनारलाई बर्दिया, चितवनका नारायणप्रसाद भट्टराईलाई सर्लाही र सर्लाहीका सुरेन्द्र पौडेललाई  बारा पठाइएको छ भने बाराका प्रजिअ दीपकराज नेपाललाई  स्याङ्जा सरुवा गरिएको छ । कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेललाई दाङ र दाङका सहसचिव जयनारायण आचार्यलाई मन्त्रालयमा काज खटाइएको छ । काभ्रेपलाञ्चोकका प्रजिअ लक्ष्मदेवी हुमागाईलाई  सल्यान, मन्त्रालयका प्रेमलाल लामिछानेलाई प्रजिअको रुपमा चितवन र गृहकै वासुदेव घिमिरेलाई दोलखा पठाइएको छ ।यस्तै बाँकेका प्रजिअ हरिबहादुर प्याकुरेललाई दैलेख, जिल्ला प्रशासन कार्यालय काठमाडौँका जीवनप्रसाद दुलाललाई नुवाकोटको प्रजिअमा खटाइएको छ । नुवाकोटका प्रजिअ झङ्कनाथ ढकाललाई अध्यागमन विभागको निर्देशकमा ल्याइएको छ । रुद्रबहादुर मल्ललाई धादिङबाट अछामको प्रजिअमा, गोरखाका देवी पाण्डेलाई  पर्वतमा र पर्वतका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई मन्त्रालयमा ल्याइएको छ ।  म्याग्दीका उमाकान्त अधिकारीलाई काठमाडौँको सहायक प्रजिअमा ल्याइएको छ । लहानबाट प्रेमप्रसाद देवकोटालाई जाजरकोटको प्रजिअमा पठाइएको छ । 


,