सामुदायिक संचार समुह निमार्णको थालनि


चन्द्रकला खत्री सिन्धुपाल्चोकको पहिलो सामुदायिक रेडियो , रेडियो सिन्धुले आजबाट पाँचपोखरी थाङपालधाप गाउँपालिकामा  सामुदायिक संचार समुह निमार्णको थालनि गरेको छ । पहिलो चरणमा बुधबार ५ नम्बर वडा स्थित सातकन्या मति माध्यामिक विद्यालय  गुन्सामा ५५ जना विद्यार्थिहरुलाई आधारभुत तालिम समेत दिएको छ । नेपालका सामुदायिक रेडियोका अभियान्ता तथा वरीष्ठ पत्रकार रघु मैनाली र  सामुदायिक रेडियो अभियान्ता प्रतिक भण्डारीले तालिमको सहजिकरण गर्नुभयो । तालिम पस्चात रेडियोले सो विद्यालयमा ११ सदस्य रहेको  सामुदायिक संचार समुह गठन गरेकोे छ । भेलाले मनिला बोम्जनलाई अध्यक्ष  तथा सन्तोष गोललाई  सचिवमा  चयन गरेको छ ।


साथै सदस्यहरुमा कान्छी तामाङ, सर्मिला तामाङ, सिमा थिङ, प्रनिका तामाङ, सोनाम बोम्जन, सुन्तलि तामाङ , राहुल तामाङ, लमिनि तामाङ र आशा तामाङ रहेका छन् । 

यसैगरी पाचपोखरी थाङपाल गाउँपालिकाभित्र रहेका दश ओटा मावि विद्यालयमा प्रशिक्षण संगै सामुदायिक संचार समुह निमार्ण गरीने भएको छ । अहिले प्राथमिक चरणको तालिम संचालन गरीएको हो ।  दोश्रो चरणकको तालिम पस्चात समुहलाई रेडियो कार्यक्रम उत्पादनमा जोड्ने लक्ष्य रहेको रेडियो सिन्धुका   स्टेशन प्रमुख रत्न प्रसाद श्रेष्ठले   जानकारी दिनुभयो ।   कक्षा ८ देखि १० सम्म अध्ययन गर्नेहरुबाट सामुदायिक संचार समुह निमार्ण गरीएको हो ।