श्रष्टा सम्मान सहित काग्रेसको सभा डडुवामा


चौतारासाँगचोकगढी नगरपालीका वडा नं १४  डडुवामा  नेपाली काँगे्रस वडा इकाइ समिती डडुवाले बृहत श्रष्टा सम्मान तथा पार्टी प्रबेस कार्यक्रम गरेको छ ।


नेपाली काँग्रेसका केन्द्रयि सदस्य खेलकुद बिभागका संयोजक पुर्ब मन्त्री  महोन बहादुर बस्नेत को प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो। 

। कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य  पुर्ब मन्त्री बिष्णु बिक्रम थापा, बिशेष अतिथीका रुपमा उपस्थिती रहनु भएको थियो ।


गाँउकै पहीचान राखेर पहीलो पटक डाक्टर बन्नु भएका  राजन नेपाल , पहीलो सम्पादक सडक आबाज दैनिकका इन्द्र बस्नेत पहीलो महीला सम्पादक सन्तोषी बस्नेत राष्टीय कलाकार शिबहरी नेपाल , रामकृष्ण नेपाल   राष्ट्रीय कलाकारहरु राधीका हमाल,शिबहरी नेपाल बैरागी ,नबराज घोरासैनी , देबीराम पराजुली,राजेन्द्र गिरी, रुद्र केसी,

,,शरु दाहाल आयुष्मा कार्की शोभा खाती लगाएतकाकलकारहरुलाइ समेत सम्मान गरिएको थियो साथै गाँउको पहीलो सामुदायक स्वास्थ्य भवन निर्माणका लागी जग्गा दान गर्नू हुने निल बहादुर बस्नेत, राम बहादुर बोहोहोरा, लिला कुमारी खाती,

बिद्यालयलाइ भवन निर्माण गर्न जग्गा दिने चिरन्जीबी नेपाल,राम्जीनेपाल, वडा नं १४को धवन निर्माण गर्न जग्गा दान दिने  अम्बर बहादुर खत्री  नेपाल, कृष्ण बहादुर खत्री नेपाल, गाँउकै पहीचान राखेर कामगरिरहनुभएका समाज सेवी सञ्चार कर्मी नेत्रबहादुर बस्नेत , समाज सेवीहरु चतुर बहादुर तामाङ्ग, जनार्दन नेपाल लगाएतला इ बिशेष सम्मान गरिएकोथियो। नेपाल पत्रकार महासंघका सस्थापक संयोजक बिष्णु न्यौपाले , सुर्य न्यौपाने लगाएत सञ्चार कर्मीहरुलाइ समेत सम्मान गरिएको थियो । गाँउकै पहीचना राखेका कारण स्वर्गीय लालबहादुर खातीलाइ मरोणान्त सम्मान गरिएको थियो । लालबहादुर खातीको सम्झनामा उँहा कै भाकामा उँहाकै गित गाँदै शोभा खाती, रामबहादुर खाती लगाएत १३७जना नेपाली काँग्रेसमा प्रबेश गर्नु भएको थियो ।

इकाइ सभापती चक्रबहादुर तामाङ्गको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको थयो । कार्यक्रमलाइ सम्बोधन गर्दै बस्नेतले  जनतालेदुइतिहाइकोसरकार  हेरी सकेको र नेपालमा हरेक पटक नेपाली काँग्रेसले नै बिकासका कामहरु गरेको हुँदा काँग्रेस प्रती नागरिकको आश्था बढेको काँग्रेसले जितेको सुनकोशी गाँउपालीका लगाएका बिभीन्न स्थानमा कर नलीएको तर कम्युनिष्टहरुले जितेको ठाँउमा कर लिने गरेकोले यसरी करको मारमा पार्न,  मात्र नागरिकले कम्युनिष्टलाइ जनताले भोट दिएका होइनन भन्नुहुँदैबस्नेतलेकम्युनिष्ट सरकारको दुइतिहाइ ले नागरिकको कुनै समस्या समधान गर्न नसकेको बताउँनु भयो ।

उँहाले संसद बिघठनका बारेमा काँग्रेस सम्मानीत अदालतको आदेश कुरीरहेको  अदालतको फैसला  जे हुन्छ त्यही अनुसार काँग्रेस अगाडी बढ्ने बताउँनु भयो । बिशेष अतिथी केन्द्रीय सदस्य पुर्ब मन्त्री बिष्णु बिक्रम थापाले आफु राप्रपाको जिम्मेवारी पदमा रहेको तर देशमा अब कानँग्रेसले मात्र जनताको काम गर्नसक्ने र नेपालमा काग्रेस को

आबश्यकता रहेकोले आफु काँग्रेसमा प्रबेश गरेको बताउँदै सबैलाइ कााग्रेसमा  रहेर काम गर्नअनुरोध गर्नु भयो । नबप्रबेशीहरुलाइ बस्नेत,थापा, झलक नेपाल,टङ्ककार्की, केशब गिरी, तिर्थबहाुर श्रेष्ठ लगाएतले स्वागत गर्नु भएको थियो ।कार्यक्रममा नेपाली काग्रेसका झलकनेपाल,  टङ्क कार्की,नेपाल पत्रकार महासंघका बिष्णु न्यौपाने

,चित्र मिजार, सुनकोश िगाँउपालीका वडा नं ६का वडाअध्यक्ष रामकुमार थापा, चौतारासाँगाचोकगढी नगरपालीका ८का अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ, नेका मेयरको उम्मेदार केशब गिरी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।  काँग्रेसका भातृ सस्था, सुभेच्छुक सस्था का प्रतिनिधीहरु तथा स्थाानीय हज्जारौको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको नपाली काँग्रेस इकाइ प्रचार प्रसार संयोजक श्याम पराजुलीले जानकारी दिनु भयो । 

  


, , , ,