डा. शंकरप्रसाद उप्रेतीको निधन कांग्रेसद्धारा समबेदना प्रकट


नेपाली काँगे्रसका नेता पुर्ब सासद डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ । उहाँको ८६ वर्षको उमेरमा शनिवार राती निधन भएको हो । उप्रेतीको निधन प्रती उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्र्दै आत्माको चिरशान्तिको कामनाका साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण  ब्यक्त गरेको छ । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बालकृष्ण खाड द्धारा आइतबार जारि बिज्ञेप्तीमा जनाइएको छ ।


बिज्ञेप्तीमा  नेपाली कांग्रेसका अग्रज नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको ८६ वर्षको उमेरमा शनिवार राती भएको असामयिक दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको छ ।पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय रहँदा पटक–पटक जेल जीवन समेत व्यतित गर्नु भएका उप्रेती वि.स. २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँले  राजनीतिमा मात्र नभएर चिकित्सा क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्नु भएको थियो । वि.स. २०१८ साल देखि चिकित्सकका रुपमा सक्रिय रहनु भएका स्व. उप्रेतीले आर्थिक अवस्था कमजोर विरामीहरुको निःशुल्क उपचार गर्नुहुन्थ्यो । उहाँको निधनले चिकित्सा क्षेत्र एवं नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्र्दै आत्माको चिर शान्तिको कामनाका साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ भनीएको छ । 


, , ,