पाँचपोखरीको छिम्ती भिरमा रक क्लाईम्विङ सुरू


रूपक पुरी

पाँचपोखरी थाङ्गपाल गाउँपालिकाकोवडा नम्बर ३ को छिम्ती भिरमा रक क्लाईम्बिङ सुरू गरिएको छ । नेपाल सरकारले सार्वजनिक गरेको नेपालको घुम्नलायक सुचिमा परेको पाँचपोखरी जाने बाटोमा पर्ने छिम्ती भिरमा रक क्लाईम्बिङ, कृतिम झरना र भियब्रता लगायतको स्थापना गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको वडा अध्यक्ष निमछिरिङ तामाङले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।


जुगल रेन्जका हिमाल र गाङ्गछोङ्वा हिमालको दृष्यावलोकन गर्न सकिने सो स्थानमा रक क्लाईम्बिङ सुरू भएसँगै स्थानियले रोजगारी पाउनुका साथै गाउँपालिकाको आम्दानी स्रोतमा समेत बृद्धि हुने विश्वास गाउपालिका अध्यक्ष टासी लामाले गर्नुभयो । 

कृतिम झरना बनेसँगै छिम्ती भिरभन्दा पल्लो भेगमा रहेको देउराली र डुखाङ लगायतका बस्तीमा सिँचाई सुविधा पुग्ने र मनोरम झरनाको दृष्यावलोकन गर्न सकिने छ ।

, , , , , , ,