पत्रकार महासंघ काठमाण्डौ द्धारा विशेष धन्यवाद,


पत्रकार महासंघ काठमाण्डौ द्धारा २२औ साधरण सभा सम्पन्न गर्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नू हुने सबैमा  विशेष धन्यवाद, हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ । पत्रकार महासंघ काठमाण्डौका सभापती शान्ताराम बिडारीले आफुनो सामाजिक सञ्जाल फेस बुक मार्फत यसरी धन्यबाद दिनु भएकाृ हो । उहाँले आफ्नो फेसबुक मार्फत नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २२ औं साधारणसभा २०७७ माघ २४ गते शनिबार प्रज्ञाभवन कमलादीमा साँच्चै भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।


२०७४ वैशाख १० गते सम्पन्न भएको शाखाको दशौं अधिवेशनबाट मेरो नेतृत्वको कार्यसमिति निर्वाचित भएपछि हामीले आफ्नो क्षमताले भ्याएसम्म नमुना काम गर्दै आएका छौं । साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमको हित–स्वार्थका एजेन्डामा लगातार लडाँइका साथै श्रमजिवि पत्रकारहरुको समस्या बुझ्ने वाश्तविक साथी बन्ने प्रयास गर्दै आयौं भने कोभिड–१९ ले सञ्चार क्षेत्र र आम पत्रकार जगतलाई प्रभाव पारेको बेला संकटको  केही हदसम्म सारथी बन्न खोज्यौं ।

त्यतिमात्र होइन कोभिडका बेला जेष्ठ, अशक्त र गम्भिर प्रकारका रोग लागेका पत्रकारहरु नियमित रुपमा औषधी खान समेत नपाएर छट्पटाउन थालेपछि अत्यन्त पिडावोध भइरहेको थियो । त्यही बेला पत्रकार महासंघ केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यज्युले विशेष पहल लिई मेरो जन्मदिनमा केक काट्ने कार्यक्रम आयोजना गर्नुभएको रहेछ । सो कार्यक्रममै मैले आफ्नो व्यक्तिगत तर्फबाट रु १० हजार रुपैंया शाखा उपाध्यक्षलाई प्रदान गरेर सुरु गरेको जेष्ठ, अशक्त र गम्भिर प्रकारका रोग लागेका पत्रकारहरुको उपचार कोषमा केही व्यक्तिहरुले सहयोग गर्नुभयो । हामीले पनि केही पत्रकारको चह¥याइरहेको घाउमा मलम लगाउने काम ग¥यौं । अन्तत काठमाडौं महानगरपालिका र मेयर विद्याशुन्दर शाक्यज्युलाई यस विषयमा बताएपछि उहाँले १५ लाख रुपैंया हस्तान्तरण गरिदिनुभएको छ । अन्य १० वटा स्थानीय निकायहरुले पनि धेरथोर पहल लिइदिने हो भने यो कोष कम्तिमा एक करोड राशीको पु¥याउन सकिने आशा हामीमा  पलाएको छ । हामीले साधारण सभाको अवसरमा १४ जना अग्रजहरुलाई रु. २०–२० हजार नगद र सम्मान पत्र सहित सम्मान गरेका छौं ।  उहाँहरु सबैलाई पुनः एकपटक हादिर्क बधाइ दिन चाहन्छु । १४ सय सदस्यबाट १४ जना छान्नु अत्यन्तै कठिन कुरा हो । उहाँहरु जत्तिकै योग्य अन्य सयौं पत्रकारहरुलाई यो पटक सम्झँदा–सम्झँदै सम्मान गर्न नसकिएपनि अर्को पटक पक्कै उहाँहरुलाई पालो दिइनेछ भन्ने प्रतिवद्धता जनाउँछु । यो ऐतिहासिक साधारणसभामा प्रमुख आथिथ्यता ग्रहण गरिदिनुहुने माननीय सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङज्यु, विशिष्ट आतिथ्यता गरिदिनुहुने राष्ट्रिय सभा सदस्य तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका माननीय सभापति रामनारायण बिडारीज्यु, विशेष आतिथ्यता सहित अमुल्य सहयोग गरिदिनुहुने काठमाडौं महानगरका नगरप्रमुख विद्यासुन्दर शाक्यज्यु लगायत यो साधारणसभा सफल पार्न दिनरात नभनी खट्नुहुने मेरा सहयोद्धा साथीहरु, विज्ञापनदाता तथा अन्य सहयोगीहरु सबैमा विशेष धन्यवाद, हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु भन्नु भएको छ ।साधरण सभाको अबशर पारेर नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । दिवंगत पत्रकारको सम्मानमा पुरस्कार स्थापना गरिएको थियो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनही २० हजार राशी र सम्मानपत्रसहित अग्रज पत्रकारहरुलाई पुरस्कार बितरण गर्नू भएको थियो । यसरी पुरस्कार पाउँनुहुनेहरुमा कार्यक्रममा शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापा, जसुदा प्रधान स्मृति पुरस्कार देवेन्द्र चुडाल, बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार इन्द्र रिजाल, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार राजेन्द्र स्थापित, अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठ, शोभा शाह स्मृति पुरस्कार निर्मला शर्मा, डम्बर गिरी स्मृति पुरस्कार विश्वराज किराँत, मुरारी गौतम स्मृति पुरस्कार निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पुरस्कार ज्ञान उदास, रामचन्द्र हुमागाई स्मृति पुरस्कार ईश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पुरस्कार मानध्वज लामा, एमडी कुलुङ स्मृति पुरस्कार टिवी विरही, तारा न्यौपाने स्मृति पुरस्कार गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पुरस्कार दामोदरप्रसाद दवाडी रहनु भएको थियो । सो अबशरमा पत्रकारिता नामक स्मारिका समेत बिमोचन गरिएको थियो । 










, , ,