राप्रपा सङ्गठन बिस्तारमा ब्यस्त


सगुन बस्नेत

 राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोक सङ्गठन बिस्तारमा ब्यस्त देखीएको छ । राप्रपाले हरेक वडाहरुमा वडा समितीको निर्बाचन तथा पुर्नगठन गर्न ब्यस्त रहेको राप्रपा सिन्धुपाल्चोकका नेतृ कुमारी तामाङ्गले जानकारी दिनु भयो ।


राष्टीय प्रजातान्त्र पाटी महीला सङ्गठनकी केन्द्रीय महासचिब समेत रहनु भएकी कुमारी स्याङ्गवो तामाङ्गले राप्रपाको वडावडामा सङ्गठनलाइ बलीयो बनाउँन को लागी सक्रीय रहेका वडाहरुमा पुर्नगठन र सक्रीय नरहेका वडाहरुमा नयाँ कार्यसमिती गठन गरिवडा अधिबेशन गर्ने निती लिएकोबताउँनु भयो ।  यसै क्रममा  राप्रपा सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरेमा राष्ट्रिय प्रजातन्त्र पार्टी वडा कार्य समितिको भेलाले सेरप दोर्जे ताँमाङ लाई वडा कार्य समितिको अध्यक्ष पदमा सर्बसम्मत निर्बाचित गरी २७ सदसिय कार्यसमिति गठन गरि एको तामाङ्गले जानकारीदिनु भयो ।उँहाका अनुसार  हेलम्बु गाउँपालिका वडा नं ७ मा पनी वडा अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले अध्यक्षमा श्री राज कुमार पण्डित लाइ निर्बचित गरेको छ । राप्रपाका केन्द्रीय सदस्य एबम् पूर्व माननिय सभासद श्री चलन बहादुर तामाङ को प्रमुख अतिथि  , राप्रपा हेलम्बु गाउँपालिका अध्यक्ष एबम् पूर्व जिल्ला कार्यसमिती सदस्य श्री अम्बर बहादुर पण्डित को बिशेष अतिथ्यतामा अधिबेशन भएको थियो । 

, , ,