टेकु अस्पातको सेवा चौतारा अस्पतालमा


लोकप्रिय समाचार , शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले सिन्धुपाल्चोक जिल्ला अस्पताल बाटै विशेषज्ञ सेवा दिने  ब्यबस्था भएको  छ । सरकारको नियमित कार्यक्रम अन्तर्गत जिल्लामा उपलब्ध नभएका जटिल खालका विभिन्न सेवाहरु टेकु अस्पतालका विशेषज्ञ चिकित्सकले दिने  ब्बइथा भएका चौतारा अस्पतालका पुर्व कार्यालय प्रमुख एबम् टेकू अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनु भयो । उँहाका अनुसार  अब चौतारा अस्पतालबाटै सरूवा रोग, हाडर्जोनी, छाला रोग, इन्टनल मेडिसिनका सेवाहरू दिइने छ ।यसरी प्रदान गरिनेसेवाहरुहालवनशक्तीको  पुरा ब्यबस्था नभए सम्मका लागी हरेक महिनाको पहिलो बुधबार र तेस्रो बुधबार जिल्ला अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत प्रदान गरिने छ ।


सिन्धुपाल्चोक जिल्लाका नागरिकहरुलाइउपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्थामा कमी होस् भनेर अस्पतालले यस्तो सेवा सुरु गर्न लागेको हो । दुई अस्पतालबीच भएको सहमति अनुसार अहिले टेकुका चिकित्सकले लागि महिनाको दुईदिन सिन्धुपाल्चोकमा आएर सेवा दिने ब्यबस्था मिलाइएको छ ।सो सेवा यस आर्थिक वर्षसम्म दिने अस्पताल प्रशासनले जनाएको छ ।सिन्धुपाल्चोकको अन्य स्थानीय सरकारले  पनी यस्तो सहयोग चाहेमा र अस्पताल सँग सम्झौता गरेको खण्डमा सेवा दिने योजनामा रहेको डा. राजभण्डारीले जानकारी दिनु भयो । उँहाले ‘सिन्धुपाल्चोकको मेलम्ची र बाहविसेमा पनि सेवा दिनका लागि हामी इच्छुक छौं,’ तर  ‘त्यसको लागि स्थानीय सरकारका प्रतिनिधिले हामीसँग सम्झौता गर्नुपर्दछ  त्यसका लागी स्थानीय सरकार ले नै पहल गर्न पर्ने बताउँनु भयो ।’ यी सबै सेवा निःशुल्क हुने पनि अस्पतालले जनाएको छ । यस अघी भुकम्प जाँदाका समयमा राजभण्डारीले टेण्ट,का साथै खुल्ला आकाशमुनी बसेर दिन रात नभनी बिरामीको सेवा गरेर लोक प्रियता कमाइ सक्नु भएको छ । 


, , , , ,