प्रयोगात्मक शिक्षमा जोड दिन आबश्यक बंशलाल


लोकप्रियसमाचार 

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन गाउँपालिका लागि परेको बताउनुभयो ।


उँहाले सिंहमती माविमा आयोजना गरिएको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम लाइ प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो ।

उँहाले पालीकामा हरेक कला भएका मानीसहरु हुनुहून्छ हामीले  उँहाहरुको  कला र सीपलाइ सम्बोधन गनैका लागी  पालीका ले बिभिीन्न कार्यक्रम गर्दै आएको बताउँनु भयो ।  तामाङ्गले शिक्षा, स्वास्थ्य, र खानेपानी नागरिकको मुल बिषय भएकाले पालीकाले पनी यस तर्फ बिशेष ध्यान दिएर काम गरिरहेको बताउँनु भयो । उँहाले हरेक बिद्यालयले यसरी शैक्षकि सामाग्रीहरु निर्माण गरेर प्रयोगात्मक शिक्षामा समेत जोड दिन पर्र्न बताउँनु भयो ।

(शुक्रबार) सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै  इन्द्रावती गाँउपालीका वडा नं ३ का  वडा अध्यक्ष देब प्रसाद बाँनियाले आगमि आर्थिक वर्षमा अझ थप शैक्षिक क्षेत्रमा उपलब्धि हुने कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

टिच फर नेपालका शिक्षकहरुको सक्रियतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा जिवाणुकोष , जीवहरुको जीवन चक्र ,जडिबुढि ,मेसेनरी र शैक्षिक समाग्री लगायत प्रदर्शन देखाइएको गाउँ पालीकाको प्रस संयोजक दिनेश चौलागाईले जानकारी दिनुभयो इन्द्रावती गाउँपालिका वडा ३ मा अवस्थित सिंहमती माविमा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम  (शुक्रबार) भएको हो ।

सोहि अवसरमा स्थानिय मोहन बहादुर गिरीले प्राविधिक शिक्षा अध्ययन गरिरहेका सिंहमती माविमा अध्ययतरत छात्रछात्रा श्वेता थापा , शर्मिला तामाङ र विशाल तामाङ साथै महेन्द्र माविबाट एसईई दिएका दिनिसा गिरी ,बनित भारती ,सागर मल्ल र सुदिप भारतिलाई छात्रवृद्धि स्वरुप ेसात जना विद्यार्थीहरुलाई ५० हजार रकम सहयोग गर्नुभएको थियो  । यसैगरी उहाँले अरु दुई जना विद्यार्थीलाई पनि २५ सय का दरले छात्रवृति दिनुभएको  चौलागाइले जानकारी दिनु भएको छ । 

, , , ,