पाँचपोखरिमा करेन्ट लागेर एकको मृत्यु


रूपक पुरी

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ भोताङमा बत्ती बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ ।


करेन्ट लागेर सोही पालिकाको ६ नम्बर स्यालेका २८ वर्षिय सूर्यनारायण गिरिको मृत्यु भएको वडा अध्यक्ष निमा छिरिङ तामाङले बताउनुभयो । तामाङका अनुसार विगत ३ दिनदेखी बत्ती विग्रेकाले मर्मत गर्ने क्रममा गिरीको मृत्यु भएको हो । मृतक गिरी हाँडिखोला वित्तीय समुदाय सहकारी सँस्थाबाट सञ्चालित ११ हजार किलो वाडको मिनि हाईड्रोमा कार्यरत कार्यरत हुनुहुन्थ्यो । उक्त सवलाई पोष्टमार्टम रिपोर्टका लागि मेलम्ची ल्याईने ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।


, , , ,