१४ न वडामा शुरु भयो योजना तर्जुमा


सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४डडुवामा आब ७८÷७९का लागी योजना तर्जुमा  भेला भएको छ । वडा नं १४को असिनेमा भएको भेलामा एक घर एकधाराको अबधारणा अनुसार तत्काल असिने रानीटारका नागरिकहरुलाइ एक घर एक धारको ब्यबस्था गरिने योजना रहेको वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।


उँहाका अनुसार १४ न वडामा ७०२ घर धुरी मध्ये तत्काल १२४घर धुरीमा धारा जडान गर्नका लागी सिस्नेरी रङ्ग रङ्गे असिने खानेपानी उपभोक्ता समिती मार्फत  कार्यक्रम अगाडी बढाइएको छ । बाकी घर धुरीलाइ साबीक खानेपानीको साथै हरेक द्दरमा धारको ब्यबस्था गरिने योजना रहेको समेत अध्यक्ष श्रेष्ठले जानकारि दिनु भयो । नगरमा नै पहीलोपटक बिकासका कामहरु सम्पन्न गर्दै नया योजना तर्जुमा गर्न लागी परेको १४ नं वडामा सडक खानेपानी स्वास्थ्य शिक्षाको बिकासमा प्राथमिकताका साथ अगाडी बढेको देखीन्छ । जम्मा पुरष १९०० र महीला२२०० गरि जम्मा ४१००जनसख्या रहेको १४ न वडामा आयआर्जन तथा आत्मा निर्भरताका लागी बिभिन्न कार्यक्रम हरु गरिदै आएको छ ।

साँगाचोक डडुवाको बाटो कालोपत्रे गर्नका लागी ५५लाखको ठेक्का समेत भइ सकेको  र यो काम अब केही दिनमा नै शुरु हुने बताउँदै रानीटार जाने सडकमा समेत नाली निार्माण गरि सडकको स्थाइत्व बिकास भइरहेको श्रेष्ठले जानकारी दिनु भयो । यस अघी गैटारमा १०४ घर धुरीका करिब ६००ले एक घर एक धाराको सुबिधा पाइ सकेका छन । अध्यक्ष  श्रेष्ठका अनुसार हाडीखोला लिफ्ट खानेपानीको आयोजना पनी छिटै शुरु हुने भएको छ । 


, , , , , ,