ईन्द्रावति को नौली दसौं वर्षमा प्रबेश


रूपक पुरी  नवलपुर

ईन्द्रावति गाउँपालिका ४ नवलपुरमा रहेको नौली वचत तथा ऋण सहकारी सँस्थाले आफ्नो दसौं वार्षिक साधरण सभा भब्य रूपमा मनाएको छ । २०६७ असार ५ गतेबाट सुरू भएको सहकारिमा अहिले एक घर एक शेयर  सदस्य रहेका छन् । सहकारीमा हाल ७ सय ५९ सेयर सदस्य रहेका छन् । सहकारिले २० वटा केन्द्रबाट बाल बचत, पर्व वचत , आधुनिक बचत , ऐच्छिक वचत गरि ९१ लाख १५ हजार ४ सय रकम जम्मा गरिसकेको छ । नौली वचतको अध्यक्ष सञ्चमाया तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुनमन्त्री शेरवहादुर तामाङ्गले सहकारीताका माध्यम बाट सहकारीको निती नियममा रहेर काम गर्दा यसले सफलता पाउँने भएको ले सहकारी प्रती आकर्षण बढीरहेको बताउँनु भयो । यसै  गरी , विशेष अतिथि ईन्द्रावति गाउँपालिकाको उपप्रमुख मिरा अधिकारी लामाले गाँउपालीकामा सहकारिताको बिकासका लागी पालीकाकाले बिशेष कार्यक्रम गरिरहेको बताउँदै हरेक कामहरुमा सहकारिताका माध्ययम रहेको  हुँदा सहकारिको मुल्य र मान्यता अनुसार काम गर्न सबैलाइ अनुरोध गर्नु भयो यसै गरि , प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौड्यालले साधरण सभामा सहकारिका शेयर सदस्यहरुको ठुलो महत्व र भुमिका रहने हँदा आफेनो दाइत्व र महत्व बुझेर शेयर सदस्यहरुले सही निर्णय गरेमा सहकारी कहील्यै असफल नहुने बताउँनु भयो । कार्यक्रममा  , अतिथिहरू महिला बालबालिका शाखा प्रमुख सुजाता गौतम, नेपाली काँग्रेसका प्रतिनिधि फूर्वा तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । 



 


, , , , , ,