मेलम्ची नगरपालिकाद्वारा क्रशरहरूको अनुगमन

 

रूपक पुरी/मेलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित क्रसरहरूले नदिजन्य पदार्थ उत्खननको अबस्था, मापदण्डको पालना लगायतका विषयमा काम गरे नगरेको विषयमा अनुगमन गरेको ।अनुगमन पछी निकालिएको प्रतिवेदनमा दिगोरूपमा नदिजन्य पदार्थको उत्खननलाई ध्यान दिदै वातावरण सँरक्षण गर्ने कार्यमा आवश्यक जानकारी गराउन अनुगमन गरिएको वताईएको अनुगमन टोलिका सदस्य राजेन्द्र दुलालका अनुसार मापदण्ड विपरीत गरिएको क्रियाकलापहरूको निषेध गर्ने उदेश्यले नगरपालिकाले क्रसरहरूको अनुगमन गरेको हो अनुगमनका क्रममा वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख भए बमोजिमको ब्यवस्थालाई पूर्णरूपमा पालना नगरेको पाईएपछी क्रसर उद्योगहरूलाई मापदण्ड भित्र रही नदिजन्य पदार्थको उत्खनन गर्न सुझाव दिईएको दुलालले बताउनुभयो अनुगमन टोलिमा नगरपालिकाका कर्मचारी , जनप्रतिनिधि , सुरक्षा निकाय लगायतको सहभागीता थियो

, , ,