प्रहरी कार्यलयका प्रतिमा र सुस्मीता पुरस्कृत

 

नेत्र बहादुर बस्नेत,

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौतारा मा पनी शिबरात्री बिशेष कार्यक्रम गरिएको छ।मासिक रुपमा एक पटक संचालन हुने सहकर्मी सँग चियापान कार्यक्रम २७ गते शिबरात्रीका दिन पनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी को प्रमुख आतिथ्यतामा मनाइएको छ ।


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको  कार्यालय सभा हलमा  महाशिवरात्री विशेष कार्यक्रम गरिएको हो  ।



उक्त कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने महिला प्रहरी कर्मचारीहरु प्र.ज. प्रतिमा लामा र प्र.ज. सुस्मिता सापकोटालाई पुरस्कृत गरिनुका साथै कार्यक्रममा रोमाञ्चकता प्रदान गर्न कार्यरत प्रहरी.कर्मचारीहरुले शिवजीको ताण्डव नृत्य , गित , गजल , कबिता तथा सामान्य ज्ञानका प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा know your fellow  ( आफ्नो साथी चिनौँ) भन्ने कार्यक्रम समेत Combine गरिएको  थियो ।

प्रहरी कार्यालयका प्र.का.स. पुष्प कुमार नेपालीको वृत्त चित्र तयार गरि सबै सामु प्रस्तुत गरिएको  उक्त कार्यक्रममा प्रमुख अतिथि प्रहरीउपरिक्षक राजन अधिकारी ले सहकर्मी सँग  चियापान कार्यक्रमले प्रहरी कर्मचारीहरुको तनाब ब्यबस्थापन Stress management भई सहकर्मि बिच भाईबन्धुत्वको भावना वृद्धी हुनुका साथै कार्यसम्पादनमा समेत निखारता आउने कुरा बताउँनु भयो ।

उँहाले सबै नागरिकको मनमा प्रहरी पस्न सके मात्र शान्ती सुरक्षामा अपेच्छा गरे अनुसार फल पाइने भएकाले प्रहरी  ले यस तर्फ ध्यान दिन पर्ने बताउँनु भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनु भयो ।



, , , , ,