पाचपोखरीमा शिक्षक भलिबल तथा महिला शिक्षक हाजिरी जवाफ

सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा स्तरीय पुरुष शिक्षक भलिबल प्रतियोगिता

तथा महिला शिक्षक हाजिरी जवाफ सुरु भएको छ । २९ गते सम्म जारी रहने भलिबल प्रतियोगितामा ७ टिमको सहभागिता रहेका छन । विहिवार भएको खेलहरुमा भोटेनाम्लाङ र थाङपालधाप बिचको खेलमा भोटेनाम्लाङ २–०ले थाङपालकोट र बरुवा बिचको खेलमा थाङपालकोट २–१ ले विजयी भएको छ । त्यस्तै भोताङ र बासखर्क बिचको खेलमा भोताङ २–० ले विजयी भएको हो । थाङपालकोट र लागर्चे बिचको खेलमा लागर्चेले १ का विरुद्ध २ सेटले विजयी भएको मुख्य रेफ्रि राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका


शिक्षा समिति द्धारा आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले ट्रफि मेडल सहित सम्मान गरिने आयोजकका प्रतिनिधिले जानकारी दिनुभयो । यस्तै हाजिर जवाफमा ७ टिम रहेकोमा भोटेनामलाङ ७ र भोताङ ३ प्रतियोगिताबाट बाहिरिएका छन । अन्य १, २, ४, ६ र ८ का वडा बिच प्रतिशपर्धा हुनेछ । पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समिति द्धारा आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले ट्रफि मेडल सहित सम्मान गरिने पालिकाका विद्यालय निरिक्षक उत्तम मणि पौडेले जानकारी दिनुभयो ।

, , , , ,