२१ औ जिल्ला प्रतिनिधि सभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

 

 खाडिचौर,

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती सिन्धुपाल्चोकको आयोजनामा संघको विधान अनुसार २०७७ फागुण २१ र २२ गते खाडिचौर मा २१ औ जिल्ला प्रतिनिधि सभा तथा वृहत प्रशिक्षण कार्यक्रमसम्पन्न भएको छ । नेपाल शिक्षक संघ संघिय समितीका अध्यक्ष श्री राजेन्द्र राज पौडेल ले प्रमुख अतिथ्यताको आशनबाट बोल्दै २१ औ जिल्ला प्रतिनिधि सभा तथा प्रशिक्षण कार्यक्रममा शिक्षक संघको स्थापना  उपलब्धी चुनौतीहरुको साथै संघका विधान अनुसारका कार्यक्रमहरु शिक्षक महासंघको गतिविधिका साथै सरकार सँग सम्झौता भएका ३० वुदे कामको तत्काल कार्यन्वयन गर्नुपर्ने विषयमा जोड दिनुभयो ।


कार्यक्रमका विषेश अथिती नेपाल शिक्षक संघ बाग्मती प्रदेशका अध्यक्ष श्री नारायण प्रसाद तिमल्सिना ले सामुदायीक विद्यालयका गतिविधि  समस्याहरु र गतिविधिका साथमा पेशागत रुपमा भएका बाधा अड्चनहरुको बारेमा प्रस्ट्याउनुभयो । कार्यक्रममा संघीय समितीका उपमहासचिव (अर्थ)वाङजुङ लामाले शिक्षक सहकारी शुल्क परिचालन सदस्यता विवरण नविकरणको बारेमा प्रष्याट्उनु भयो । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौका पूर्व अध्यक्ष गणेश भट्टराइ बाट टे«डयुनियन आन्दोलन अधिकार उपलब्धी श्रमिक हक राज्यको व्यवस्थाको बारेका चर्चा गर्नुभयो ।

नेपाल शिक्षक युनियनका पूर्व केन्द्रीय सदस्य यम बहादुर बस्नेत नेपाल शिक्षक संघ बाग्मती प्रदेशका उपध्यक्ष यज्ञप्रसाद दंगाल पूर्व केन्द्रीय सदस्य रुद्रलोचन आचार्य सल्लाहाकार धुर्वलाल श्रेष्ठ शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिब इस्वर कुमार चौलागाइ ट्रेड युनियन कांग्रेस  सिन्धुपाल्चोकका सचिव हरिचन्द्र खड्का नेपाल शिक्षक संघ स्थानिय समितीका १२ वटै अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ जिल्लाकार्य समितीका सभापती तुल्सी प्रसाद दङ्गालको सभापतित्वमा सम्पन्न भएको थियो । 


, , , ,