इन्द्रावतिमा ३९० घण्टे प्लम्बिङ तालिम


सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा ३९० घण्टे प्लम्बीङ तालिम सम्पन्न भएको छ । ओल्गापुरि सोसल इन्टरप्राइज तथा इन्द्रावति गाउपालिका सिन्धुपल्चोकको संयुक्त आयोजना तथा आइटि पिएफ्् को आर्थिक सहयोगमा  संचालित ३९० घण्टे प्लम्बिङ  तालिम बुधवार सम्पन्न भएको हो । समापन समारोहमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले सहभागिलाई प्रमाणपत्र दिनुहुदै 


   सिपले मानिसलाई आत्मनिर्भर बनाउने बताउँनु भयो । उहाँले आत्मनिर्भरताका लगि  सिपको उचित उपयोग गर्नसक्नु पर्ने बताउनुभयो । उहाँले तालिममा आउने प्रमाण पत्र लिने र घरमा गएपछि सिकेको काम नगर्ने प्रवृत्ति बढेको भन्दै अब त्यस्तो हुन नहुने बताउनुभयो । कार्यक्रममा सहभागिहरुले तालिमले नयाँसिप सिक्ने मौका पाएको भन्दै खुशि ब्यक्त गरेका गाउँपालिकाका सल्लाहकार दिनेश चौलागाईले जानकारी दिनुभयो ।


, , ,