सरकार र नेकपाबीच ३ बुँदे सहमति


काठमाडौं । सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने गरी सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएर भएको सम्झौता अनुसार अब देशमा फेरी एक पटक शान्तीको आशा पलाएको छ । 


 राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने,   गरि सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  ‘केपी ओली नै प्रधानमन्त्री भइरहे विप्लव समूह सरकारमा आउने देखीएको छ । बिप्लवलाइ  एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी प्रधानमन्त्री ओलीले  गर्नु भएको छ  ।  यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया दिनु भएको छ  ।अध्यक्ष थापाले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको जनाउँनु भएको छ  । यसै गरि ’प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको थाहा भएको छ  । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लवका नेता(कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।


, , ,