राप्रपाको ईन्द्रावति ( ७ मा वडा कार्यसमिति गठन


रूपक पुरी


ईन्द्रावति गाउँपालिकाको वडा नम्बर  ७ सिपापोखरेमा ईश्वरी वहादुर सापकोटाको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ ।


समितिको उपाध्यक्षमा क्रमश देवराज गिरी, तुलसी कार्की र नरवहादुर विश्वकर्मा चयन हुनुभएको छ ।त्यसैगरी सचिवमा कृष्णहरी थापामगर , सहसचिवमा अर्जुन वहादुर भट्टराई र अजय सापकोटा , कोषाध्यक्षमा जमुना नेपाली निर्विरोध चयन हुनुभएको छ । केन्द्रीय सदस्य द्वय बनबुराम खड्का र दईन्द्रवहादुर ठकुरीको आतिथ्यतामा गठन भएको समितिको सल्लाहकार अध्यक्ष भने पूर्णवहादुर घिमिरे चयन हुनुभएको छ । पछिल्लो समय राप्रपा सिन्धुपाल्चोकको गाउँ गाउँमा सँगठन विस्तार गर्न लागिपरेको जिल्ला सचिव नातिकाजि सापकोटाले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।

, , , ,