अशोक कोइरालाको निधन कांग्रेस द्धारा श्रद्धाञ्जली अर्पण

 नेपाली कांग्रेस मोरङ जिल्लाका पूर्व जिल्ला सभापति, संविधान सभा सदस्य अशोक कोइरालाको गए राति उपचारकको क्रममा निधन भएको छ । उहाहको निधन प्रती न्पाली काँग्रेसले शोक बिज्ञेप्ती प्रकाशन गरेको छ । काँग्रेसनेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाड द्धारा जारी बिज्ञेप्तीमा  मोरङका पूर्व जिल्ला सभापति, संविधान सभा सदस्य एवं अग्रज नेता माननीय अशोक कोइरालाको गए राति उपचारको क्रममा भएको असामयिक दुःखद निधनले हामीलाई स्तब्ध बनाएको बताइएको छ ।  बिज्ञेप्तीमा 


वि.स. २००४ साल विराटनगरमा जन्मनु भएका स्व. कोइरालाले नेपालमा भएका हरेक लोकतान्त्रिक आदोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय रहँदा करिब १ वर्ष भूमिगत र ७ वर्ष बन्दीजीवन व्यतित गर्नु भएको थियो । स्व. कोइराला २०४९ सालमा विराटनगर नगरपालिकाको मेयर पदमा र २०५८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यसैगरी २०६२।६३ साल पछि पुनस्र्थापित संसदको सदस्य र २०७० सालमा संविधान सभा सदस्य हुनु भएको थियो । 

पार्टी संगठन, विस्तार र सुदृढिकरणमा सदैव सक्रिय रहँदै आउनु भएका नेता कोइरालाको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टीलाई दिनु भएको अतुलनीय योगदान हामी सबैका लागि अनुकरणीय र स्मरणीय रही रहनेछ  ।  

नेता कोइरालाको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्र्दै आत्माको चिरशान्तिको कामनाका साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ   जनाइएको छ । 


, , , ,