प्रहरी द्धारा बन्देउमा सवारी स्वास्थ्य परिक्षण गरिने

 

 जिल्ला प्रहरी कार्य लय  सिन्धुपाल्चोकले  शुक्रबार  पत्रकार अन्तरक्रिया गरेको छ ।


सो कार्यक्रममा प्रहरी कार्यलयका सुचना अधिकारी  प्रहरी नायब उपरिक्षक प्रकाश  सापकोटा ले जनचेतनाका लागि  विभिन्न कार्यक्रम हरु गरिरहेको बताउनु भयो उँहाले आगामि आईतबार देखि सवारि चालक परिचालक हरुको स्वास्थ्य परिक्षण गर्ने योजनारहेको बताउनु भयो आइतबार बन्देउ,१३ गते बार्ह बिसे रमेलम्चि १६ गते स्वास्थ्य परिक्षण गरिने  भएको छ। खास गरिदुर्घटना कम  गर्नका लागि  सवारि चालकको  आँखा , प्रेसर लगायतको स्वास्थ्य परिक्षण गर्नका लागिएको हो “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान २०७७“ अन्तर्गत चालक तथा सहचालक स्वास्थ्य चेकजाँचका लागि जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा चैत्र ८गते  विहान ९ः०० बजेचौतारा साँगाचोकगढी न.पा. वडा न.११ मा पर्ने अरनिको राजमार्ग बन्देउ  हुने भएको छ यसै गरि  चैत्र१३ गते विहान ९ः०० बजे वाह्रविसे न.पा. वडा न.०९ राम्चे मा र चैत्र  १६ गते विहान ९ः०० बजे मेलम्ची न.पा. वडा न.११ मेलम्ची बजार हुने जानकारी दिनु भयो ।

  कार्यक्रममा १५६० लिटर अवैध मदिराः, कच्चा पदार्थ ९० के.जि. नष्ट गरिएको१०१ कठ्ठा जग्गामा  , २३,२३०।– गाँजा बोट नष्ट गरिएको५ वटा अवैध घरेलु भरुवा बन्दुकसंकलन गरिएको  बताउँनु भयो उँहाले ट्राफिक कार्वाही तर्फ ः १०३०० वटा सवारी कार्वाही गरि रु ९३,८२,०००।–राजस्व संकलन गरिएको जानकारी दिनु भयो ।यसै गरि नदीजन्य पदार्थ दोहन तर्फः– ८४ वटा सवारी साधनलाई कार्वाही गरि  २१,५२,०००।–राजस्व संकलन  गरिएको समेत सो अबशरमा जानकारी दिनु भयो । अवैध रुपमा ओसारपसार गर्न लागेका ४६८ के.जि. जडीबुटी पक्राउ गरि सम्बन्धित कार्यालयमा बुझाएको जानकारी दिदै विभिन्न  मितिमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा मातहत प्रहरी ईकाईहरु समेतले  सवारी साधनहरुको चेकजाँचको क्रममा लुकाई छिपाई अवैध रुपमा लैजान लागेको ६४० लिटर घरेलु मदिरा फेला पारी बरामद गरि सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गरिएको थियो । 


, , , , ,