बन्देउमा २०२को स्वास्थ्य परिक्षण

 

सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान २०७७ अन्तरगत आइतबार बन्देउमा सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय सिन्धु पाल्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजना मा सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान अन्तरगतको पहीलो दिन बन्देउमा स्वास्थ्य परिक्षण गरिएको हो ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय र चौतारा साँगाचोकगढी नगरपालीका स्वास्थ्य शाखाको प्रबिधीक सहयोगमा स्वास्थ्य परिक्षण गरिएको नगर स्वास्थ्य शाखाका  अहेब केदार दुलालले जानकारी दिनु भयो ।

प्रहरी निरिक्षक रामचन्द्र घिमिरेको संयोजकत्वमा चौतारा साँगाचोकगढी न.पा. ११ बनदेउ चोकमा “सवारी दुर्घटना न्युनिकरण विशेष अभियान २०७७“ अर्न्तगत “सुरक्षित यात्रा, हाम्रो सरोकार“ भन्ने मुल नाराका साथ स्वास्थ्य परिक्षण  गरिएको थियो।

उक्त कार्यक्रममा चालक र सह–चालक गरी जम्मा  २०२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये  १८ जनालाई  कलरभिजन समस्या (आँखा कम देख्ने अर्थात रङ्ग नचिनीने) देखिएको थियो भने ३२ जनालाई प्रेसर हाइको समस्या  देखा परेको थियो ।

यसरी प्रेसर हाइ भएका सवारी चालक र आँखा कम देख्ने सवारी चालकका कारण पनी दुर्घटना हुन सक्ने खतरा रहेकाले यस तर्फ ध्यान दिदै प्र.नि. रामचन्द्र घिमिरे ट्रफीक प्रहरी सिन्धुपाल्चोकका प्रहरी नायब निरिक्षक राजेश दाहाल, ट्रफीक प्रहरी साहयक निरिक्षक दय उमेश थपलीयार सुरज थापा ले समस्याबाट ग्रसित  चालक तथा सहचालकहरुलाई सम्बन्धि आवश्यक सल्लाह, परामर्श दिनुका साथै सम्बन्धित बिज्ञ डाक्टर समक्ष जानको लागि सुझाब समेत दिनु भएको थियो  । उक्त कार्यक्रममा प्र.नि. रामचन्द्र घिमिरे ज्युले ट्राफिक दुर्घटना न्युनिकरण  सम्बन्धि सचेतना मुलक जानकारी समेत  प्रदान गर्नु भएको थियो । ।स्वास्थ्यकर्मिबाट सवारी चालक तथा सह–चालकहरुको  प्रारम्भिक स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रममा सहभागी सवारी चालकले सिन्धुपाल्चोक प्रहरी चालेको यो कदमको स्वाग गर्दै देश भरि नै यो अभियान चलाउँन सके सवारी चालकलाइ पनी  राम्रो हुने र दुर्घटनामा पनी कमी आउँने बताए थिए। यो कार्यक्रम आइतबार बन्देउमा भएको हो भने चैत्र १३ गते बाह्र्बिसे र १६ गते मेलम्चीमा हुने जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनु भयो । 


, , , , ,