जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले चालकहरूको स्वास्थ जाँच

 रामचन्द्र बस्नेत, सिन्धुपाल्चोक

देशभर पछिल्लो समयमा बढेको सडक दुर्घटना न्युनिकरणको लागि जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले एक महत्वपुर्ण कदम चालेको छ । 

सिन्धुपाल्चोकलाइ अन्य जिल्लासँग जोड्ने अरनिको राजमार्ग र बिभिन्न अन्य सडक खण्डमा सवारी चलाउने चालक बर्गहरूको स्वास्थ्य अबस्था जाँचगरि उचित स्वास्थ अबस्था भएका ब्यक्तिहरूलाइ मात्र सवारी चलाउन लगाउने र बिरामि चालकहरूको बेलैमा उपचार गराउन सके मात्र सडक दुर्घटना कम हुने प्रहरी उपरीक्षक राजन अधिकारी ज्युले जानकारी दिनुभयो । 


अहिले सडकमा यात्रुबाहक तथा मालबाहक सबारी चलाइरहेको चालक बर्गको आँखा तथा प्रेसर जाँच भइरहेको छ । सो परिक्षणले चालकको सामान्य स्वास्थ्य अवस्थाको पहिचान भइ दुर्घटना न्युनिकरण हुने र आगामि दिनमा सादा पोशाकमा खटिएका प्रहरी टिमले जिल्लाभर बिभिन्न स्थनमा गइ चालक र सवारी साधनको अवस्था बारे अनुसन्धान गर्ने प्रहरी उपरिक्षक अधिकारीको भनाइ रहेको छ ।

,