न्यायिक समितिकोअभिमुखीकरण कार्यक्रम सम्पन्न


मेलम्ची नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायिक कार्य सम्पादन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबार मेलम्चीमा सम्पन्न भएको छ ।


कार्यक्रममा संम्पर्क व्यक्तिका रुपमा तोकिएका १३ वटै वडाका सदस्य, मेलमिलाप केन्द्रका संयोजक सहभागी रहेको मेलम्ची नगरपालिका न्यायिक समितिका सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाको न्यायिक समितिको संशोधनसहितको कार्यविधि र न्यायिक समितिको अन्य विषयमा समितिका संयोजक मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी गराउनुभएको थियो । त्यस्तै नगरपालिकाका कानुनी सल्लाहकार भेषराम ढकाल, प्राकृतिक सा्रेत द्वन्द्व रुपान्तरण केन्द्रका ठाकुर चौलागाईँ, अग्नी दनुवार लगायतले फौजदारी र देवानी आचार संहिता, मेलमिलापको प्रक्रिया तथा चरण र सम्पर्क व्यक्तिको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउनुभएको न्यायिक समितिका सदस्य लुमणीराज खतिवडाले जानकारी दिनुभयो । 




, , , , ,