फत्त कार्की, इर्खु
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका को ८ नं. वडामा विकासको काम तिब्र रुपमा भईरहेको छ । नगरपालिकाको सुन्दर र रमणीय दृष्यावलोकन गर्न सकिने ठाउँका रुपमा परिचित यस इर्खुमा राजनितिक हिसावले नेपाली काँग्रेसको वर्चस्व रहेको छ । नेतृत्व काँग्रेसको भएतापनी कुनै भेदभाव नगरी विकासको कामलाई तिब्र रुपमा अगाडि बढाईरहेको पाईन्छ । प्रत्यक वस्तीमा मोटर बाटो , खानेपानिको धारा लाई पहिलो प्राथमिकताको रुपमा हेरिएको छ । प्राय गरि घरैपिच्छे मोटरबाटो पुगेपछि त्यहाँका स्थानिय वासिन्दा हर्सित मात्र नभई दङ्ग समेत छन् । धरायसी सामानहरु लिन बजारसम्म जाँदा स्थानिय वासिहरुको धेरै समय खर्चिनु परेको समस्याबाट मुक्ति दिलाउन अहिले मालबाहक गाडीहरु घरैसम्म सामान बोकेर आईपुग्ने गर्दछन् । त्यसैगरी शिक्षाको विकासक्रमा पालिकाको वडामध्यकै नमुना स्वरुपको इर्खु डाँडैमा श्री इर्खु माध्यमिक विद्यालय रहेको छ । यस विद्यालयमा भौतिक तथा शैक्षिक अवस्था निकै राम्रो रहेको स्थानिय वासिन्दाको भनाई रहेको छ । यस विद्यालयमा लगभग १००० जना को संख्यामा विद्यार्थीहरुअध्ययनरत छन् साथै पर्याप्त र दक्ष शिक्षकको व्यवस्था गरिएको छ । हालको अवस्थामा निजी विद्यालय भन्दा निकै राम्रो शिक्षण क्रियाकलाप भईरहेको छ । यस वडामा विकासको क्रममा अहिले खेलकुदलाई विशेष जोड दिईरहेको छ । यस वडाका युवाहरुको फुटबल र भलिबल प्रतिको रुची लाई ध्यानमा राखी ठाउँठाउँमा ग्राउण्डहरुको निर्माणकार्य धमाधम भईरहेको छ । ईर्खु स्पोर्टस क्लवको अध्यक्ष रहनुभएका समाज सेवी प्रकाश दङ्गगालले “ हामी ईर्खु ८ नं. वडामा जिल्लाकै उत्कृष्ट खेलाडिहरु उत्पादन गर्ने वडा निर्माण गर्ने उद्धेश्यका साथ अघि बढी रहेका छौँ ।
यसको शुरुवात भइ सकेको छ पहिले हामीसँग ग्राउण्ड थिएन अब ग्राउण्ड पनि भयो हामी दिनको दुईपटक टे«निङ गर्ने गरी लागि परेका छौँ । हामी यस वडालाई फुटबलको क्षेत्रमा जिल्लाका जो कोहि टिमलाइ पनि टक्कर दिनसक्ने गरि लागि परेका छाँै ।” यसरी इर्खु खेलकुदमा अघि बढिरहेको छ ।आफ्नो गाउँ आफैँ बनाउँ भन्दै अभियान चालेको बताउँदै वडा अध्यक्षा तिर्थ बहादुर श्रेष्ठले आफुले गरेको कुराहरु टोलटोलमा पु¥याई आफैँ अघि बढाउँदै लैजाने बताउनुभयो , टोलका बुझेका जानेका शिक्षित व्यक्तिहरुसँग हातेमालो गर्दै अगाडि बढेको वताउादै ८ नं. वडालाई सुन्दर वनाउने प्रतिक्रिया दिनुभयो । उहाँ भन्नुहुन्छ हाम्रो प्रत्यक टोलमा बाटो पुग्यो , खानेपानिको समस्या छैन , शिक्षा पनि राम्रो छ यहाँका नमागरिक अव खुसि रहनेछन र जो गरिव रहेका छन उनिहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गराउदै अगाडि बढ्ने समेत अभीयानमा लागेको जानकारी दिनुभयो । इर्खु आफैमा पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ । यँहाको रानी पोखरी अनी यँहाको काफल लाली गुरासले इर्खु
को पर्यटनमा बिकास भइ रहेको छ ।