घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोकको अनुगमन


 

लोकप्रीय समाचार बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री राधिका अर्याल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धु प्रसाद ढुंगाना सहीतको टोलीले  सोही मन्त्रालयका सुचना अधिकारी एवं अधिकृत आठौं श्री नवराज पुडासैनी सहितको टोलीले घरेलु तथा साना उद्योग कार्यालय चौतारा, सिन्धुपाल्चोकको अनुगमन गरेको छ ।


उँहाहरुले चैत्र १७ गते मंगलवारका दिन घरेलु तथा साना उद्योग कार्यालय चौतारा, सिन्धुपाल्चोकको अनुगमन गर्नु भएको हो ।अनुगमनका लागी चौतारा आउनु भएका मन्त्रालयका टिमलाई घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख श्री राम शरण गौतम लगायत कार्यालयका कर्मचारीहरुबाट फुलको गुच्छा र खादा लगाई स्वागत गरीएको थियो ।कार्यालयमा स्वागत गर्नु हुँदै कार्यालयका कार्यालय प्रमुख श्री राम शरण गौतमले कार्यालयको समग्र वस्तुस्थितीलाई समेटेर पावरप्वाईन्ट मार्पmत प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त प्रस्तुतीकरणको क्रममा कार्यालय प्रमुखबाट कर्मचारीको दरवन्दीको अवस्था, मौजुदा भौतिक सम्पत्तिको  वारेमा जानकारी, उद्योग, वाणिज्य एवं बजार अनुगमनको समग्र जानकारी, कार्यालयबाट वितरण हुने प्रविधि हस्तान्तरण सम्वन्धमा भैरहेको प्रगति, तालिम कार्यक्रमको वारेमा जानकारी, विभिन्न स्थानमा निर्मित वा निर्माणाधिन सार्वजनिक निर्माण, कार्यालयमा संकलित राजश्व, कार्यालयको मौेजुदा समस्या तथा समाधानका उपायहरुको वारेमा जानकारी गराउनु भएको थियो ।प्रस्तुतीकरण पश्चात मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री राधिका अर्याल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धु प्रसाद ढुंगानाद्धयले कार्यालयमा आईपरेका समस्याहरु समाधान गर्नमा मन्न्त्रालयको तर्पmबाट सक्दो सहयोग पु¥याउने र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्ने क्रममा कुनै पनि गुनासो नआउने गरी कार्य गर्न र चालु आ.व. २०७७÷७८ मा कार्यालयमा विनियोजित कार्यक्रमहरु समयमै सम्पन्न गर्नेतिर ध्यान दिन निर्देशन दिनुभएको थियो । आगामी दिनमा घरलु तथा साना उद्योग कार्यालयले अझ प्रभावकारी काम गर्दै जान सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।


, , , , , ,