स्थानीय नागरिकको स्वास्थ्य नै सम्पती हो पौडेल




स्थानीय नागरिकको स्वास्थ्य नै स्थानीय सरकारको मुख्य धन भएको भोटेकोशी गाँउपालीकाका अध्यक्ष राजकुमार पौडेलले बताउँनु भएको छ । उँहाले उक्त कुरा तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर को उद्धघाटन गर्दै  बताउँनु भएको हो । 


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानी स्वास्थ्य चौकीमा  शनीबार भएको  निःशुल्क स्वास्थ्य शिविर मा पौडेलले हरेक नागरिकको पहीलो सम्पती स्वास्थ्य हो जो नागरिक स्वस्थ्य रहन्छ त्यो मानीस ले परिश्रम गरेर सम्पती कमाउँन सक्छ ।


जो मानीस स्वस्थ रहेको छ त्यसले धन इज्जत कमाउँछ भन्नु हँदै स्वास्थ्य क्षेत्रलाइ मानीसले महत्वपुर्ण अङ्गको रुपमा लिन पर्ने बताउानु भयो । गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी, आँखा, छाला, तथा सामान्य गरी कूल ८४६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भ्रद बहादुर बस्नेतले बताउनुभयो ।





त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ७५ स्वास्थ्यकर्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षण गरिएका बिरामीमध्ये मुटु रोगका नौ र स्त्री रोगका तीनसहित १५ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले उहाँहरूलाई पालिका र त्रिवि शिक्षण अस्पतालले निःशुल्क उपचार गरिने  ब्यवस्था गाँउपालीकाले मिलाएको अध्यक्ष पौडेलले बताउनुभयो तातोपानी स्वास्थ्य चौकीकी प्रमुख अनमी ज्ञानु थापाले गाँउपालीकाको आयोजनमा भएको यस शिबीरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई लगाएतका स्वास्थ्य कर्मीहरुले सहयोग गरेर ठुलो गुन  लगाएको बताउँनु भयो । 


, , , , ,