नेकपाद्वारा चौतारा सँगाचोकगढी –८ मा भेला सम्पन्न

नेत्र बस्नेत,

नेकपा एमालेद्वारा चौतारासाँगाचोकगढि नगरपालिका वडा नं. ८ को सभाहलमा  शनिवार भेला सम्पन्न भएको हो । रमेस कार्किको सभापतित्वमा गरिएको यस भेलामा  प्रमुख अतिथि पुर्ब माननीय कृष्ण राज श्रेष्ठ हुनुहुन्थ्यो भने,जिल्ला कमिटिका सदस्य राजेन्द्र खत्रिले नेकपा एमाले र माआबादि बिच  भएको  एकता अनि एमालेले बिगतका दिनमा गरेको  काम र जनताले दिएको मतका आधारमा दुई तिहाईको नजिक रहेको सरकारले लोकप्रियता कमाउनकै निमित्त लागि रहँदा केही ब्यक्तिवादि  स्वार्थको कारण एकता टिक्न नसकेको उहाँको दावि छ । एमालेको पक्षमा जनलहर भएकाले एमाले पनि अब पाटिमा ईमान्दार ढङ्गले काम गर्नेको मुल्यङ्कन गर्दै काम गर्ने बताउदै, ईमान्दारितामा काम गर्ने कार्यकर्तालाइ केही स्वार्थीहरुले  पाखा लगाउन खोजे पनि  आफै पाखा लागेको बताउनुभयो । 


भेलाले भिम बहादुर श्रेष्ठको  अध्यक्षतामा ३६ सदस्यिय वडा कमटि गठन गरेकोे छ । अन्य सदस्यहरुमा  बिर्जमान तामाङ्ग, रत्न बहादुर श्रेष्ठ, रेशम श्रेष्ठ, टेक बहादुर श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, राम बहादुर तामाङ्ग, गोरे बहादुर श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, श्याम बहादुर खड्का, दिनेश कार्कि, रमेश कार्कि, दत्त बहादुर खड्का, अर्जुन श्रेष्ठ, यम बहादुर तामाङ्ग, खम्बा तामाङ्ग, छिरिङ्ग तामाङ्ग, सानू तामाङ्ग, तिर्थ बहादुर लामा, सोम बहादुर तामाङ्ग , रञ्जिन लामा, पोडे तामाङ्ग, काले तामाङ्ग, नेत्र बहादुर लामा, टोक बहादुर कार्कि,  चन्द्र बहादुर तामाङ्ग, बखत बहादुर श्रेष्ठ, सानुमाया ठकुरी , बल बहादुर ठकुरी, पदम बहादुर बोगटी, अम्बर बहादुर गिरी, मन्ते तामाङ्ग, दिनेश तामाङ्ग, पेमा तामाङ्ग, धावा रिन्जित लामा र गोपाल नेपाली रहनु भएको छ ।


यसै गरी रेणुका थापाको संयोजकत्वमा अखिल नेपाल महिला सङ्घ ८ नं. वडासमिति र सुबास तामाङ्गको संयोजकत्वमा युवा सङ्घ नेपालको समेत गठन भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पुर्ब माननीय कृष्ण राज श्रेष्ठले नेकपा एमालेले बिगतका दिनमा गरेको लोकप्रियताका  कामहरु देख्न नचाहाने र जुटाउन नसक्ने; फुटाउने सक्नेहरुका कारण पाटिमा केहि समस्या आएको बताउनु भयो । उहाँले नेता होस वा कार्यकर्ता  मानिसमा २ वटा  खुबि  रहेको पाईएको  जसमा  समाज फुटाउने र जुटाउने, अहिले एकता भएको नेकपा त्यहि फुटाउने बिचारका मानिसको कारण यस्तो भएको बताउनु भयो । उँहाले  प्रचण्ड प्रधानमन्त्रि बन्दा पनि देशको  बिकास गर्न भन्दा पनि राज्यलाई तहस नहस  पार्ने तर्फ लागेको बताउनु हुँदै  अनावश्यक कर्मचारीहरु सरुवा गर्ने राष्ट्रसेवक सेनालाई समेत बरखास्त गर्ने लगायत बिवादित काम गर्ने, जताततै फुटाउने गरेको  अहिले आएर एक भएको पाटि फुटाउन लागेको बताउनु भयो ।



उहाँले केपी वली पटक–पटक हारेर पनि पार्टिमा बसिरहनु भएको तर माधब नेपाल, झलनाथ खनाल हार्ने बितिक्कै पार्टिबाट  बाहिरिन पर्ने के  अबस्था  परेको हो ? भन्नु भयो । उहाँले एमालेको पालमा गाउँमुखि बजेटको ब्यबस्था गरेको बताउनु हँदै, जेष्ठ नागरिक एकल महिला अपाङ्गता भएकाहरुलाई सम्मान खर्च समेत ब्यबस्था गरेको बताउनु भयो । रमेश बहादुर कार्किको अधक्ष्यतामा सम्पन्न कार्यक्रममा  जिल्ला कमिटिका खिल बहादुर श्रेष्ठ, फुलमान तामाङ्ग, लगायत नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 


, ,