नगर अपाङ्गसम्मन्वयद्धारा सात दिने तालीम

 बिपना तामाङ्ग

लोकप्रिय समाचार अपाङ्गता भएका ब्यक्तीहरुलाइ सात दिने अगरबत्ती बनाउँने तालीम दिइएको छ ।  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका को नगर अपाङ्ग सम्मन्वय समितीले उक्त  तालीम दिएको हो ।


नगरपालीकाका १४वटै वडाका प्रतिनिधीहरुलाइ तालीमा दिइएको सम्न्वय समितीका सचिब  राम प्रसाद ढुङ्गना  ले जानकारि दिनु भयो ।

१० गते देखी १६गते सम्म सात दिन सम्म चलेको उक्त तालीममा नगरका १४वटै वडाका अपाङ्गता भएका महीला प्रतिनिधीहरुलाइ सुकुमायाँ घले र शान्ती ठकुरीले बाटेको धुप बनाउँन सिकाउँनु भएको थियो ।  चौतारा साँगाचोकगढी नगरपालीकाको उप प्रमुख जानुका पराजुलीले शुभारम्भ गर्नु भएको उक्त तालीमको समापन नगर प्रमुख अमानसिंह तामाङ्गले गर्नु भएको थियो । अपाङ्ग सम्मन्वय समितीका अध्यक्ष अम्बर घलेको सभापतीत्वमा  सोमबार सम्पन्न भएको तालीममा सहभागीहरु र प्रशिक्षकलाइ प्रमुख अतीथी  तामाङ्गले प्रमाण पत्र प्रदान गर्नु भएको थियो 


, , , , , ,