सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको साधरण सभा सम्पन्न

कुमार बस्नेत (अधिराज )

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको  साधरण सभा शनीबार सम्पन्न भएको छ । साधरणसभामा अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार)  निर्बीरोध निर्बाचि भए सँगै अरु  १७ जना निर्विरोध निर्बाचित हुनु  भएकोछ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेल चयन हुनु भएको  ।


संघको १० औं अधिवेनबाट सर्वसम्मत नेतृत्व चयन गरेको संघको प्रथम उपाध्यक्षमा उमेश कसजु, द्धितीय उपाध्यक्षमा अमृत कार्की र तृतीय उपाध्यक्षमा सुर्यकार्की चयन हुनु भएको छ ।मानार्थ उपाध्यक्षमा जग्गनाथ चालिसे र दिलीप राज गिरी चयन हुनु भएकोछ् । त्यस्तै महासचिवमा शम्भुबहादुर तिमल्सिना, सचिवमा ईश्वर गुभाजु, कोषाध्यक्षमा उमेश प्रधान र सह–कोषाध्यक्षमा विचारी पराजुली सर्वसम्मद  हुनु भएको छ । निर्बाचनमा सदस्य पदमा उम्मेद्वारी दिएका ४२ जनामध्ये २५ जनाले मनोनयन फिर्ता लिएपछि बाँकी १७ जना निर्विरोध निर्वाचित हुनुभएको हो  ।बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि बस्नेत  निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुन  भएको थियो । सहमतिको लागि गरिएको लामो प्रयास  पछि २५ जना उम्मेद्वारले मनोनयन फिर्ता लिनु भएको थियो  । यसरी २५ जनाले उम्मेदारी फिर्ता लिनु भए पछी अमृत कार्की, उद्धव पौडेल, उमेश प्रधान, तिर्थराज पौडेल, प्रकाश आचार्य, प्रकाश दाहाल, विचारी पराजुली, विदुर खड्का, मन्दु थापा, मोहनभक्त श्रेष्ठ, रमेश बस्नेत, राजकपुर खत्री, राजेश श्रेष्ठ, रामचन्द्र कार्की, शिबहरी श्रेष्ठ, सुर्यबहादुर कार्की र सोभियत पौड्याल निर्बीरोध निर्वाचित हुनु  भएको हो । जिल्लाका उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि तोकिएको निर्वाचनमा निर्विरोध निर्वाचित भए पछी अध्यक्ष बस्नेतले उद्योग ब्यबसायीहरुको हकहित र सरक्षणका लागी हाफु साँधै लागी वर्नै बताउँनु भएको छ ।संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिनेछ । पदाधिकारी १३ जना मनोनित गरिने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले जनाएको छ । 


, , , , , , ,