सरोकार सहकारीकोे तेस्रो वार्षिक साधारण सभा सम्पन्न


सरोकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मेलम्चीमा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका सांसद इन्द्रमाया गुरुङले सहकारी प्रगतिको बाटोमा हिँडेको बताउँदै अझै धेरै प्रगति गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीको क्षेत्र र शेयर सदस्य पनि धरै भएकाले सहकारीको भविष्य उज्ज्वल रहेको उहाँले बताउनुभयो ।



मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले नाफा कमाउने उद्देश्यभन्दा पनि सेवा दिने उद्देश्यले सहकारीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू पनि सहकारीको शेयर सदस्य रहेकाले सहकारीको माया रहेको बताउनुभयो । सहकारीका अध्यक्ष शिवराम भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गनुभयो ।
सहकारीका अध्यक्ष शिवराम भट्टराईले सबै शेयर सदस्यको साथ र सहयोगले नै सहकारी अगाडि बढेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । सचिव लक्ष्मण दुलाल, कोषाध्यक्ष निर्मला दाहालले छुट्टाछुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सहकारी सहकारीका व्यवस्थापक प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

, ,