सिन्धु प्रहरी कर्मचारीहरु पुरस्कृत


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्र.ना.नी घनश्याम नेपाल लगाएत नौ प्रहरीलाइ उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रहेका प्रहरी कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्ने बिभागिय नीती अनुसार  पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधीकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनु भएको  छ ।


  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक अनुशासित भई ईमान्दारपूर्वक कार्य गरि नेपाल प्रहरीको गरिमालाई उच्च राख्ने कार्य गरेकोले  पुरस्कृत गरिएको हो । प्रहरी नायव निरिक्षक घनश्याम नेपाल, प्र.स.नि ईश्वर के.सी ,प्र.ह अमृत कुमार श्रेष्ठ, प्र.ह. चचे बहादुर थामी,  प्र.ज कुमार कार्की,प्र.ज.  प्रजिता तमाङ, प्र.ज.  बिरेन्द्र बिष्ट, प्र.ज. दिपेन्द्र महत्तो, प्र.ज. युबराज थापा ले सम्पादन गरेको उत्कृष्ठ तथा प्रशंसनीय कार्यको उच्च मुल्याङ्कन गरि कदर स्वरूप अभिलेखमा जनिने गरीे नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।