शुरु भयो वन डढेलो व्यवस्थापन सम्वन्धि सचेतनामूलक कार्यक्रम


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोक र डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा १२ वटै स्थानीय  पालिका महासंघ र स्थानीय सरकार तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति  महासंघ परिवार  सिन्धुपाल्चोकको समन्वयमा जिल्ला व्यापी सचेतनामुलक अभियान सोमबार मेलम्ची नगरपालिकाबाट सुरु भएको छ । वर्तमान समय सुख्खा र हावाहुरी वढि चल्ने अवस्थामा मानवीय कृयाकलाप तथा प्राकृतिक प्रकोपको कारण देश भरि नै वन डढेलो बढ्दै गएकोले त्यसबाट लाखौं करोडौको क्षति हुन पुगेको छ ।


वन क्षेत्र भित्र रहेका वन्यजन्तु,जडिबुटी, महत्त्वपूर्ण  वन पैदावर, जलेर क्षेति हुन पुगेको छ । जसले गर्दा वातावरणी प्रदुषण,जैविक विविधता नष्ट हुनु, पानीको श्रोत सुकेर जानु, पारिस्थितिक प्रणालीमा खलल पुग्नु,  वन क्षेत्र बाट हुने आम्दानी सबै खरानी हुनु, विभिन्न महामारी जन्य रोगको प्रकोप फैलिएको छ।

वन डढ्लो हुन सक्ने सम्भावित क्षेत्रको पहिचान गरि त्यस्ता क्षेत्र भित्र आग्जनिका कुनै पनि सामान प्रयोगमा नल्याउन र कुनै पनि गतिविधि वनजंगल भित्र नगर्न नगराउन, बालबालिकाले भेट्ने स्थानमा कुनै पनि ज्वलनशील वस्तु नराख्न, वन क्षेत्र भित्र तथा वरपरका  सबै ज्वलनशील पातपतिंगर बेला बेलामा हटाएर सफा गरी आगोलागी हुनबाट वन जोगाउन सम्पूर्ण जिल्ला वासी उपभोक्ताहरुमा सुचित गर्दै यो सचेतनामुक कार्यक्रम गरिएको बन अभियान्ता जिल्ला सामुदायिक वन उपभोक्ता  महासंघकि सचिव दयालक्ष्मी श्रेष्ठले जानकारी दिनु भएको छ। वन डढेलो व्यवस्थापन  सम्वन्धि सचेतीकरण अभियान १२ वटै पालिकामा माइकिङ र सचेतना गोष्ठी   तथा व्यवस्थित वन डढेलो डेमा प्रदर्शन मार्फत सम्पूर्ण उपभोक्ता नागरिकहरुलाई सचेत गराइने अभियान सुख्खा मौसम भित्र निरन्तर जारी गरिने समेत  जिल्ला सामुदायिक वन उपभोक्ता  महासंघकि सचिव दयालक्ष्मी श्रेष्ठले बताउँनु भएको छ ।

उँहाका अनुसार सचेतना कार्यक्रममा सकेसम्म वन डढेलो लाग्न नदिन विभिन्न सावधानी अपनाउनुका साथै  कथमकथाचित आगो लागि हालेमा   बेलैमा सम्वन्धित उपभोक्त,स्थानीय सरकार , नजिकैको सुरक्षा निकाय डिभिजन, सवडिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघनेपाल तुरुन्तै सम्पर्क समन्वय गरि व्यवस्थित तरिकाले वन डढेलोको विधि अपनाएर वन डढेलो व्यवस्थापन गर्न सम्पूर्णमा अनुुरोध गरिएको छ । वन डढेलो जानीनजानी हुन सक्ने विपत्ति बाट बेलैमा जनधनको क्षति हुनबाट जोगाउन सामुदायिक वन उपभोक्ता समूह, स्थानीय सरकार, सुरक्षा निकाय, डिभिजन तथा सव डिभिजन वन कार्यालय, जिल्ला तथा स्थानीय विपद जोखिम न्यूनिकरण व्यवस्थापन समिति सबैको सहकार्य तथा समन्वयमा व्यवस्थित वन  डढेलो नियन्त्रक तालिम प्राप्त सुरक्षा दस्तालाई तयारी अवस्थामा राख्न र सुरक्षित कवज तथा डढेलो नियन्त्रणका लागि आवश्यक औजार उपकरण, दम्कलको व्यवस्थापन स्थानीय स्तरमै गरेर राख्न सम्वन्धित सबैमा अनुरोध समेत सोकार्यक्रममा गरिएको छ ।  सामुदायिक वन क्षेत्रमा लागेको वन डढेलो नियन्त्रणको क्रममा यदि कुनै पनि व्यक्ति घाइते अथवा मृत्यु हुन पुगेमा  समयमै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पदाधिकारीहरु तथा डिभिजन वन कार्यालयमा जानकारी गराउनु गराएको खण्डमा त्यस्ता घाइतेलाई   रु. १००००÷– (दश हजार) तथा मृतकको लागि विमा खर्च बापत – रु १०००००÷– (एकलाख)  उपलब्ध गराउने ब्यबस्था गरिएको समेत श्रेष्ठले जानकारी गराउँनु भयो ।  ।


, , , , , , , ,