हिंसात्मक घटना प्रति काँग्रेसको भत्र्सना

 

 कुमार बस्नेत(अधिराज)

फागुपूर्णिमाका दिन बाग्लुङ्ग र प्यूठान जिल्लाको सिमानामा पर्ने बडीगाउँ गा.पा. वडा नं. १० बल्देधुरीमा घटेको हिंसात्मक घटनाप्रती नेपाली काँग्रेसले भत्र्सना गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड द्धारा बिज्ञेप्ती जारी गर्दै भत्र्सना गरेको हो । सोमबार जारी  बिज्ञेप्तीमा नेपाली कााग्रेसले चैत्र १५ गते आइतबार फागुपूर्णिमाका दिन बाग्लुङ्ग र प्यूठान जिल्लाको सिमानामा पर्ने बडीगाउँ गा.पा. वडा नं. १० बल्देधुरीमा घटेको हिंसात्मक घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।


नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र कार्यकर्ता दिपक परियारलाई सांघातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको घटनाको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ । अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर छ । तसर्थ उक्त घटनाको छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दल सरकार समक्ष जोडदार माग गर्दछ ।घटनामा परी घाइते हुनु भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित स्वास्थ्य उपचारका लागि सरकार समक्ष माग गर्दछ । साथै ज्यान गुमाउने प्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ  भनीएको छ । 


, , , ,