सञ्चारको बिकास भए मात्र राष्टको बिकास हुन्छ पुर्ब मन्त्री बस्नेत

 

 सञ्चारको  बिकास भयो भने मात्र मानबिय बिकास हुने मानबीय बिकास भयो भने मात्र गाँउ र देसको बिकास हुने पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।


उँहाले उक्त कुरा बुधबार टेलिफोन टावर उद्घाटन गर्दै  बताउँनु भएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य,खेलबकुद बिभागका संयोजक समेत रहनु भएका बस्नेतले टावर उद्धघाटन गर्दै करिब २०० भन्दा बढी नेपाल टेलीकमको नमस्ते सिम निशुल्क बितरण गर्नु भयो ।

उँहाले नेपाली काँग्रेसले जितेका वडा होस या गाँउपालीका होस जँहा भए पनी बिकास भएका छन भन्नु हुँदै दुइ तिहाइको कम्युनिष्ट सरकार समेत टिक्न नसकेर सत्ता चलाउँन काँग्रेसलाइ गुहार मागी रहेको बताउँनु भयो ।



कम्युनिष्टले  निकै चुरीफुरी गरेका कारण जनताले एक पटक  हेरु न त भनेर  आँखा चिम्लेर मत दिएका थिए तर टिकाउँन सकेनन भन्नु हुँदै  राजनीती स्थाइत्व, बिकासका लागी काँग्रेसको बिकल्प नभएको बताउँनु भयो ।सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं १ घोर्थली स्थित दोलसामा बुधबार  नवनिर्मित नेपाल टेलिकमको टेलिफोन टावर उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी लागेको  बताउँदै  यसले सञ्चार क्षेत्रमा मात्र   नभइ  बिकासको पुल बनेको बताउँनु भयो । 

साथै, उक्त कार्यक्रममा बाह्रबिसे नगरपालिका वडा नं १ बाट नेकपा वडा सदस्यका उम्मेदवार लगायत बुकिनी लुक्काका नेकपाका स्थानीय नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएका थियो । उँहाहरुले देशको बिकासका लागी काग्रेस मात्र भएको र मोहन बहादुर बस्नेत सत्तामा नहँदा पनी बिकासका काममा कुनै पनी कमी आउँन नदीइ जनताका समस्या समाधानमा लागी परेका कारण पनी आफुहरु बिनाशर्त नेपाली काँग्रेसमा प्रबेश गरेको बताउँनु भएको छ । नव प्रबेशी हरुलाइ सो अबशरमा बस्नेतले  स्वागत तथा धन्यवाद ज्ञापन गर्दै   नवप्रवेशी साथीहरुको योग्यता र क्षमताको आधारमा पार्टीको विधि विधान अनुरुप उचित जिम्मेवारी प्रदान गरिने समेत जानकारी दिनु  भयो ।


कार्यक्रममा बाह्र्बिसे नगरपालीकाका कार्यपालीकाका सदस्य आङ्गदोर्जे शेर्पा नेपाली काँगे्रसका नेता युधिर पौडेल,लगाएतले  बिकासको गतिलाइ तिब्र रुपमा अगाडी बढाएको र यसै वडामा सञ्चार बाट बञ्चीत वडाका नागरिकलाइ सञ्चारको बिकासका लागी यस्ता ठुला ठुला कामहरु गरेकोमा धन्यबाद दिनु भयो ।

कार्यक्रममा सभापतीको आसन गर्देबाह्रबिसे नगरपालिका वडा नं १ वडा अध्यक्ष कामी शेर्पा ले  गाँउ बिकासका लागी हामी कुनै  पनि बिषयमा भेदभाब  नगरि समान हीसाबले गरिरहेका छौ यसरी काम गरेको देखेर नेपाली काग्रेस प्रती स्थानीयको आकर्षण बढ्नु स्वभाबीक भएको बताउँदै यसरी आफ्नो वडामा मोवायल टावर राखेर सञ्चार क्षेत्रको बिकासमा सहयोग गर्नु हुने  मोहन बहादुर बस्नेत नेपाल टेलीकम तथा यस सँग सम्बन्धति सबैमा हार्दीक धन्यबाद दिनु भयो 


, , , , , , ,