अझै सुबिधा पाएनन पहीरो विस्थापितले


सिन्धुपाल्चोक 

रामचन्द्र बस्नेत 

 सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालीकाका पहीरो पिडीतले अझै पनी सुबिधा पाउन सकेका छैनन । खासगरी लेकालि भेगमा पर्ने जुगल गा. पा. को लिदिको पहिरोबाट बिस्तापित नागरिकहरुलाइ सरकारले सुरक्षित स्थानमा सार्नका लागी भनेर  जुगल गाउँपालिका–१ बाँसखर्कमा सारिएको थियो । तर त्यँहा सरकारले प्रदान गरेको टेन्ट मुनि बस्न बाध्य रहेका पिडीतहरुलाइ स्थाइ बसोबास को समेत ब्यबस्था भएको देखीदैन  । स्थानीय बृध्द देउजा दोगंले  टेन्टमा न आगो नै बाल्न मिल्छ न कुनै तातो कपडा नै छ , सरकार वा अन्य दातृनिकाय बाट दिएको सिरक र कपडा बिहान उठ्दा सितले ढाकेर पुर्ण रुपमा भिजेको हुन्छ ,आधा दिन पनि घाम नलाग्ने भएपछि सो कपडा सुकाउन समेत गाह्रो पर्ने भएकाले महीला, बालबालीका तथा जेष्ठ नागरिक तथा असायहरुलाइ समस्या परिरहेको बताउनुभयो ।


१७० घर भएको उक्त गाँउमा १७ घर पहिरोले पुरिएको र ३० घर पुर्ण रुपमा क्षतिग्रस्त भएपछि उच्च जोखिममा परेको सो बस्तिका पिडितहरुलाई यो समस्याले सताहलरहेको जयबहादुर दोगंले बताउँनु भयो।पछिल्लो समयमा बाढि र पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित सिन्धुपाल्चोक बासिको अवस्थाबारे बुझ्न पिडितहरुको बस्तिमा पुगेका थिए लिदिको पहिरोको कारण बिस्तापित जनताको अवस्था कस्तो रहेछ भनेर जुगल गाँउपालिका १ बाँसखर्कमा पुग्दा खासगरी बृद्ध , सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा चिसोले गम्भीर प्रभाव पारेको देखीएको छ  । उमेरले ६५ बर्ष टेकेका अर्का अपाङ्ग बृध्द रिङ्रगा लामा भन्नुहुन्छ – “घरवाट वाहिर भित्र जेनतेन गर्छु तर, अपाङ्गता भएको ५ बर्ष बितिसक्दा पनि सरकारको तर्फबाट पाउनुपर्ने कुनै सुबिधा पाएकै छैन” । चिसोले थर्रर काम्दै लामाले  “अव त बाच्न पनि आकाशमा सुर्य देखिन्जेल मात्र हो कि ?“ भन्दै आफुलाई दिक्क लागेको वताउनुभयो । हालसालैमा मात्र बालबिबाह रोकिएको सो स्थानमा १८ बर्ष भन्दा कम उमेरमा नै आमा बन्ने युवतिहरु पनि भेटिने गरेका छन् । गाँउमा महिला तथा बालबालिको लागि भनेर छुट्टै कार्यक्रम नभएको कारण पनि यस्ता समस्याहरू आउने गरेको स्थानिय हरुको भनाई रहेको छ । स्थानिय हरुले यसरी उमेर नपुगेका महिलाहरुलाई लेकको चिसोले आमा तथा बच्चाको स्वास्थ्यमा गम्भिर प्रभाव पार्ने गरेको पाईन्छ । 




, , , ,