नेपालमै पहिलो पटक १०,००० लिटरको एस.एस. ट्याङ्की

 पञ्चकन्या समूहले भैरहवाविशेष आर्थिक क्षेत्रमाअवस्थित स्टेनलेस स्टिल ट्याङ्कीउद्योग सञ्चालनमाल्याएको छ । बिहीबार एक विशेषकार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ ले उद्योगको उद्घाटन गर्नु भयो ।


उद्योगले बिहीबार बाटै नै आफ्नो उत्पादनकार्य नियमित रुपमा सुरु गरेको छ  । छिमेकी राष्ट भारतमा निकासी गर्ने उद्देश्यका साथपञ्चकन्या समूहले एस. एस. ट्याङ्कीको दोस्रो उद्योग भैरहवाविशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको हो । नेपाल मै पहिलो पटक १०,००० लिटरको एस. एस. ट्याङ्की यस उद्योगबाट उत्पादनहुने  र यस उद्योगले २५० देखि १०,००० लिटर सम्मको भर्टिकलतथाहोरिजन्टल एस. एस. ट्याङ्कीउत्पादनगर्ने, समूहका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । उद्योगले वार्षिक ८०,००० वटा ३०४ तथा ३१६ ग्रेडका एस. एस. ट्याङ्कीउत्पादनगर्नेछ । हाल काठमाडौं स्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमाआफ्नो उत्पादनबिक्रिगर्ने उद्देश्य राखेको समूहकाउप–महाप्रबन्धक देवेन्द्र साहु ले जानकारी गराउनु भयो ।कार्यक्रममा रुपन्देही क्षेत्रकाउद्योगीव्यवसायी, भैरहवाविशेष आर्थिक क्षेत्रकाप्रमुख, पञ्चकन्या समूहकाकर्मचारी तथाअन्यव्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमापहिलो पटक २०६९ सालदेखि एस. एस. ट्याङ्कीउद्योग सञ्चालनमाल्याएको थियो ।


, , ,